काठमाडाै- सिद्धार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिषा रेमिट सेवाको सुरुवात गरेको छ ।
यो नविन सेवामार्फत विश्वका १८० भन्दाबढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । । स्वदेशी तथा विदेशीग्राहकहरुले भिषा रेमिट सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसाकार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सकिने छ।
यसरी भिषा सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसाडेबिट ९लिंक गरिएको बैंक खातामा० तथा क्रेडिट कार्ड मा सोझै प्राप्त गर्न सकिने छ। यो सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा ११८शाखा रहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दाबढी क्युआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको भ्बकथद्यबलप एयचतबमिार्फत समेत प्रदान गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।