• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देही २: विष्णु पौडेललाई 'ब्रेक' लगाउन सफल होलान् केशव थापा?

64x64
प्रतिक पौडेल बुधबार, कात्तिक २३, २०७९  १७:४८
1140x725

बुटवल- प्रतिनिधि सभा निर्वाचनमा चर्चामा रहेको क्षेत्रमध्येको एक हो, रुपन्देही- २। हालका गृहमन्त्री बालकृष्ण खाँणले २०४८ को आमनिर्वाचन र एमालेका पूर्वनेता मोदनाथ प्रश्रितले पनि २०५१ को आमनिर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए।

खाणले यो क्षेत्र छोडेपछि केही समय नेपाली कांग्रेसका नेता स्व सूर्यप्रसाद प्रधानले वर्चश्व जमाए। तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल स्याङ्जा हुँदै पाल्पा भएर रुपन्देही झरे। पौडेल रुपन्देही झरेदेखि अहिलेसम्म ३ पटकसम्म यस क्षेत्रबाट विजयी भइसकेका छन्।

पौडेलले पनि यस क्षेत्र छाड्ने चर्चा चल्ने नगरेको होइन। खासगरी २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा चुनावमा उनी नवलपरासी जाने चर्चा थियो। तर, स्थानीय नेताहरुको दबाबमा उनी यसै क्षेत्रबाट उम्मेदवार बने। र माओवादीका उम्मेदवार डा बाबुराम भट्टराईलाई पराजित गरे। त्यसपछि भने यस क्षेत्रमा उनको प्रभाव झनै बढ्यो। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनलाई सफलता मिल्यो।

पौडेलको प्रभाव पार्टीभित्र पनि बढ्दै गएको छ। एमालेको दशौं महाधिवेशनका बेलामा उनी महासचिवका दाबेदार थिए। तर, अन्तिममा उपाध्यक्ष बनाइए। नेकपाकालीन महासचिव रहेका उनी पार्टी बाहिर पनि समन्वयकारी छविका कारण प्रभावशाली प्रतीत हुन्छन्।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनको कमजोरीले गर्दा पौडेललाई सहजता थपिएको आकलन भइरहेको छ। यहाँ सत्ता गठबन्धनको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापा सूर्यवंशीलाई समर्थन गरेको छ। यस क्षेत्रमा साना पार्टी र स्वतन्त्र उम्मेदवार गरी १५ जना उम्मेदवार भए पनि मुख्यगरी पौडेल र सूर्यवंशीबीच नै हुने देखिन्छ।

राजनीतिक विश्लेषक डा बुद्ध थापा भन्छन्, 'सत्ता गठबन्धनले पौडेलको विरुद्ध बलियो अनुहार नदिँदा उनलाई नै जितका लागि सहज हुने देखिन्छ।'

थापाका अनुसार, यदि मतदाताले नेतृत्व परिवर्तन नै रोजेको अवस्थामा भने केशव थापाले जित निकाल्न सक्छन्। त्यसका लागि गठबन्धन दलभित्र एकता भएर उनलाई जिताउन लागे भने जितको सम्भावना छ।

नेपाली कांग्रेसका रुपन्देही- २ का क्षेत्रीय सचिव प्रजापाल गिरी भने सत्ता गठबन्धन थापालाई जिताउन एक भएको बताउँछन्। उनी अब पनि पौडेललाई नै निरन्तरता दिने कुरामा बिमति भएको बताउँछन्।

Ncell 2
Ncell 2

बुटवल उपामहानगरपालि- ११ मा बस्दै आएकी विमला तिवारी निर्वाचनमा विष्णु पौडेलले सुकुम्बासीहरुलाई प्रत्येक चुनावमा लालपुर्जा बाँड्ने आश्वाशन दिँदै आए पनि अहिलेसम्म नदिएका कारण यसपटकको निर्वाचनमा त्यसको असर देखिने बताउँछिन्। उनका अनुसार, पौडेलले बिगतमा गरेका वाचाहरु पूरा गर्न नसकेका कारण मतदाताहरुले यसपटक नयाँ अनुहारलाई मत खसाल्नेछन्।

बुटवल उपमहानगरपालिका- ८ का मेकबहादुर पुन भने फरक तर्क गर्छन्। भन्छन्, ‘पौडेल नेकपा एमालेका प्रभावशाली नेता र केन्द्रमा समेत राम्रो पहुँच भएका कारण पौडेलको विकल्प कोही पनि छैन।’ उनी रुपन्देही- २ को विकासमा पौडेलको योगदान अतुलनीय भएकाले पनि पौडेल सहजै चुनाव जित्ने बताउँछन्।

वैशाखको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने पालिकाहरुका वडाहरुमा वडाअध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेसले ३४ हजार ९ सय ५९ मत ल्याएको थियो। नेकपा एमालेले ३३ हजार ४ सय ८७, राप्रपाले ३ हजार ४ सय ६२, माओवादी केन्द्र ३ हजार १ सय ८८ , नेकपा एकीकृत समाजवादीले १ हजार ३ सय ३६ र राष्ट्रिय जनमुक्ती पार्टीले २ हजार ५३ मत ल्याएका थिए।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले एमालेलाई सहयोग गर्ने समझदारी भएको छ। जसका कारण एमाले र राप्रपाको एकीकृत मत ३७ हजार ९ सय ४९ हुन्छ। अर्कोतिर, सत्ता गठबन्धन र जनमुक्ति पार्टीको मत ४१ हजार ५ सय २६ हुन आउँछ। यसरी सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा पाएको मत सूर्यवंशीलाई खस्ने हो भने उनले जित्न सक्छन्।

तर राजनितिक विश्लेषक थापा भने स्थानीय तहमा वडा अध्यक्षहरुलाई आएको मतलाई मात्र आधार मान्न नसकिने बताउछन्। थापा भन्छन्, ‘पौडेल केन्द्रीय राजनीतिमा प्रभावशाली व्यक्तित्व हो। त्यसको असर आम मतदातामा पर्न जान्छ। त्यसैले स्थानीय तहको निर्वाचनको मतलाई आधार मानेर विश्लेषण गर्न कठिन हुन्छ।’

उनी मतदाताले के सोचेर कसलाई मत दिन्छन् भन्ने आकलन गर्न नसकिने बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:४८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो। आइतबार, कात्तिक ३०, २०८२
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रय... शनिबार, कात्तिक २९, २०८२
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता नेपालको राजनीति स्थायित्व, विकास र समृद्ध नै चीनको चाहना भएको दोहोर्‍याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिर... शनिबार, कात्तिक २९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध सोमबार, मंसिर १, २०८२
नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाईंदै सोमबार, मंसिर १, २०८२
कोरियन भाषा परीक्षा आज सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
आजदेखि सुरु हुँदै दोस्रो एनपिएल सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्