• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

रुपन्देही २: विष्णु पौडेललाई 'ब्रेक' लगाउन सफल होलान् केशव थापा?

64x64
प्रतिक पौडेल बुधबार, कात्तिक २३, २०७९  १७:४८
1140x725

बुटवल- प्रतिनिधि सभा निर्वाचनमा चर्चामा रहेको क्षेत्रमध्येको एक हो, रुपन्देही- २। हालका गृहमन्त्री बालकृष्ण खाँणले २०४८ को आमनिर्वाचन र एमालेका पूर्वनेता मोदनाथ प्रश्रितले पनि २०५१ को आमनिर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए।

खाणले यो क्षेत्र छोडेपछि केही समय नेपाली कांग्रेसका नेता स्व सूर्यप्रसाद प्रधानले वर्चश्व जमाए। तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल स्याङ्जा हुँदै पाल्पा भएर रुपन्देही झरे। पौडेल रुपन्देही झरेदेखि अहिलेसम्म ३ पटकसम्म यस क्षेत्रबाट विजयी भइसकेका छन्।

पौडेलले पनि यस क्षेत्र छाड्ने चर्चा चल्ने नगरेको होइन। खासगरी २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा चुनावमा उनी नवलपरासी जाने चर्चा थियो। तर, स्थानीय नेताहरुको दबाबमा उनी यसै क्षेत्रबाट उम्मेदवार बने। र माओवादीका उम्मेदवार डा बाबुराम भट्टराईलाई पराजित गरे। त्यसपछि भने यस क्षेत्रमा उनको प्रभाव झनै बढ्यो। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनलाई सफलता मिल्यो।

पौडेलको प्रभाव पार्टीभित्र पनि बढ्दै गएको छ। एमालेको दशौं महाधिवेशनका बेलामा उनी महासचिवका दाबेदार थिए। तर, अन्तिममा उपाध्यक्ष बनाइए। नेकपाकालीन महासचिव रहेका उनी पार्टी बाहिर पनि समन्वयकारी छविका कारण प्रभावशाली प्रतीत हुन्छन्।

मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनको कमजोरीले गर्दा पौडेललाई सहजता थपिएको आकलन भइरहेको छ। यहाँ सत्ता गठबन्धनको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापा सूर्यवंशीलाई समर्थन गरेको छ। यस क्षेत्रमा साना पार्टी र स्वतन्त्र उम्मेदवार गरी १५ जना उम्मेदवार भए पनि मुख्यगरी पौडेल र सूर्यवंशीबीच नै हुने देखिन्छ।

राजनीतिक विश्लेषक डा बुद्ध थापा भन्छन्, 'सत्ता गठबन्धनले पौडेलको विरुद्ध बलियो अनुहार नदिँदा उनलाई नै जितका लागि सहज हुने देखिन्छ।'

थापाका अनुसार, यदि मतदाताले नेतृत्व परिवर्तन नै रोजेको अवस्थामा भने केशव थापाले जित निकाल्न सक्छन्। त्यसका लागि गठबन्धन दलभित्र एकता भएर उनलाई जिताउन लागे भने जितको सम्भावना छ।

नेपाली कांग्रेसका रुपन्देही- २ का क्षेत्रीय सचिव प्रजापाल गिरी भने सत्ता गठबन्धन थापालाई जिताउन एक भएको बताउँछन्। उनी अब पनि पौडेललाई नै निरन्तरता दिने कुरामा बिमति भएको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

बुटवल उपामहानगरपालि- ११ मा बस्दै आएकी विमला तिवारी निर्वाचनमा विष्णु पौडेलले सुकुम्बासीहरुलाई प्रत्येक चुनावमा लालपुर्जा बाँड्ने आश्वाशन दिँदै आए पनि अहिलेसम्म नदिएका कारण यसपटकको निर्वाचनमा त्यसको असर देखिने बताउँछिन्। उनका अनुसार, पौडेलले बिगतमा गरेका वाचाहरु पूरा गर्न नसकेका कारण मतदाताहरुले यसपटक नयाँ अनुहारलाई मत खसाल्नेछन्।

बुटवल उपमहानगरपालिका- ८ का मेकबहादुर पुन भने फरक तर्क गर्छन्। भन्छन्, ‘पौडेल नेकपा एमालेका प्रभावशाली नेता र केन्द्रमा समेत राम्रो पहुँच भएका कारण पौडेलको विकल्प कोही पनि छैन।’ उनी रुपन्देही- २ को विकासमा पौडेलको योगदान अतुलनीय भएकाले पनि पौडेल सहजै चुनाव जित्ने बताउँछन्।

वैशाखको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने पालिकाहरुका वडाहरुमा वडाअध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेसले ३४ हजार ९ सय ५९ मत ल्याएको थियो। नेकपा एमालेले ३३ हजार ४ सय ८७, राप्रपाले ३ हजार ४ सय ६२, माओवादी केन्द्र ३ हजार १ सय ८८ , नेकपा एकीकृत समाजवादीले १ हजार ३ सय ३६ र राष्ट्रिय जनमुक्ती पार्टीले २ हजार ५३ मत ल्याएका थिए।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले एमालेलाई सहयोग गर्ने समझदारी भएको छ। जसका कारण एमाले र राप्रपाको एकीकृत मत ३७ हजार ९ सय ४९ हुन्छ। अर्कोतिर, सत्ता गठबन्धन र जनमुक्ति पार्टीको मत ४१ हजार ५ सय २६ हुन आउँछ। यसरी सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा पाएको मत सूर्यवंशीलाई खस्ने हो भने उनले जित्न सक्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर राजनितिक विश्लेषक थापा भने स्थानीय तहमा वडा अध्यक्षहरुलाई आएको मतलाई मात्र आधार मान्न नसकिने बताउछन्। थापा भन्छन्, ‘पौडेल केन्द्रीय राजनीतिमा प्रभावशाली व्यक्तित्व हो। त्यसको असर आम मतदातामा पर्न जान्छ। त्यसैले स्थानीय तहको निर्वाचनको मतलाई आधार मानेर विश्लेषण गर्न कठिन हुन्छ।’

उनी मतदाताले के सोचेर कसलाई मत दिन्छन् भन्ने आकलन गर्न नसकिने बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:४८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्