काठमाडौं- जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ।
नेपालका लागि जापानी राजदुत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीकातर्फबाट उपमेयर कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए।
२०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्रि गेम्स ट्रेनिङ्ग क्याम्पसमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ। तीन बर्षे सम्झौतामा नेपालका खेलाडीलाई एक्पोजर दिनेदेखि उनीको प्रशिक्षणमा सो शहरले सहयोग गर्ने छ । बार्षिक कबिर १ करोडको लागतमा खर्च गर्न सम्झौतामा उल्लखे छ । एथलेट सोसाइटी, जापानको गैर सरकारी संस्थाको सक्रियतामा खेलाडीको स्तरबृद्धिको कार्यक्रम संचालन हुने छ ।
शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको एमओयु कार्यक्रमा तामुरा सिटीका उपमेयरको नेतृत्वमा पाँच सदस्यी जापानीज टोलीको सहभागीता रहेको थियो। बिहीबार उनीहरु काठमाडौं आइपुगेका थिए। तीन दिन सम्म सो टोली नेपालमा बस्ने छ । सो अवसरमा एथ्लेट सोसाइटीकी युरिका नाकामुराले शनिवार एक इनडोर र आउटडोर स्पोर्टस वर्कशप गर्ने छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।