• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भोट माग्न आउने उम्मेदवारसँग लिखित कबुलियतनामा गराउँदैछन् कञ्चनपुरका बाढीपीडित

64x64
रासस मंगलबार, कात्तिक २२, २०७९  ०७:१०
1140x725
फाइल तस्बिर

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा–दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार चुनावी प्रचारका लागि आउने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्। बाढी प्रभावित परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका हुन्।

बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि ८ बुँदे कबुलियतनामा तयार गरेका छन्। कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ। 

‘विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे,’ बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भने, ‘चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ।’ अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनले बताए। 

‘उम्मेदवार कबुलियतनामाप्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ’, सेन रानाले भने, ‘उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ।’

‘दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरु तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लीपट्टी, बडवैका र कटान जोगाउनका लागि महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमगत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ’, बाढीपीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरेको कबुलियतनामामा भनिएको छ, ‘यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजीनामा दिने छौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपत् सङ्कट क्षेत्र मन्त्रिपरिषद्‌बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ। ‘वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ’, सामुदायिक विपत् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, ‘निर्वाचनका बेला मत माग्नका लागि आएझैँ हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ।’

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटासन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ। युवा स्वरोजगारका लागि हरेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गरी कर्जा उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्नेछ। अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेण्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ। कबुलियतनामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यसपटकको निर्वाचनमा मत पाउने चौधरीको भनाइ रहेको छ। 

किसानलाई सहुलियत पूर्ण तरिकाले रासायनिक मल र प्राविधिक सेवाको सुनिश्चत गरी कृषि उपजको खरिद बिक्रीका लागि मूल्य निर्धारणसहित खरिद बिक्री केन्द्र स्थापना गर्नुपर्ने कुरा कबुलियतनामामा शर्तका रूपमा राखिएको छ। नगरपालिकाको वडा नं १२ बाढीग्रस्त क्षेत्रका रूपमा परिचित रहेको छ। 

Xtrem
Xtrem

गत असोज महिनामा आएको बाढीबाट मात्रै २७ बढी परिवार विस्थापनमा परेका छन्। बाढीले नदी तर्ने एकमात्रै झोलुङ्गे पुल भत्काइदिएपछि नदीमा अस्थायी काठको पुल बनाएर आवतजावत गर्दै आएका छन्।

बाढीको पानीले भत्काएका सडक अहिलेसम्म मर्मत नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन्। बाढीका कारण धान, उखु, सखरखण्ड, मोमफलीलगायतको बालीमा किसानले निकै ठूलो क्षति व्यहोरेका छन्। बाढीले निकै क्षति गरे पनि हालसम्म हालखबर सोध्नका लागि कोही नपुगको बाढीपीडित परिवारको गुनासो रहेको छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०७:१०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल बुधबार, असोज ७, २०८३
निशुल्क जापान पठाउनुपर्ने कामदारसँग ७ लाखसम्म असुल्ने जापानी बिचौलियासँग संघको सहकार्य बुधबार, असोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि कांग्रेसले अधिवेशनबारे निर्वाचन अधिकृतलाई दियो यस्तो निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्