काठमाडौं– तान्जानियामा एक यात्रुवाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
प्रेसिजन एयरको विमान बुकोबा शहरमा अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो। दुर्घटनामा १९ जनाको मृत्यु र २६ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विमानमा ४३ जना सवार थिए।
दारेसलामबाट उडेको विमान बुकोबा विमानस्थलको धावनमार्गमा ल्यान्ड हुन नसकी तालमा खसेको थियो। स्थानीयवासी र माझीहरुले डुंगाको सहायताले तालबाट यात्रुहरुको उद्धार गरेका थिए।
अफ्रिकाकै सबैभन्दा ठूलो भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ।
तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।