काठमाडौं- नेदरल्यान्ड्स विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन्।
चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ३१ ओभरको पहिलो बलमा छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए।
यद्यपी उनी त्यहि ओभरको अन्तिम बलमा ५१ रन बनाएर आउट हुन पुगे। उनले ६९ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे। पारसलाई नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले क्याच आउट गराएका थिए।
एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा खेलाडी बनेका छन्। यसअघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए।
भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पारस आउट भएसँगै सुरुवाती ६ विकेट गुमाइसकेका छ भने सय रन कटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।