काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका छन्।
अध्यक्ष ओली पत्नी राधिकासहित आइतबार आयोजना स्थालमा पुगेका थिए।
ओलीले भ्रमणको क्रममा परियोजनाको कामको प्रगतिका बारेमा जानकारी लिएका छन्।
तीन किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ। हालसम्म धादिङतर्फबाट साढे आठ सय मिटर सुरुङ खनिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।