• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं– ७ स्थलगतः मानुषीलाई मतदाताले सोधे– आमा खै?

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक १८, २०७९  २२:१६
1140x725

काठमाडौं– शुक्रबार बिहानको छिरबिर घाममा नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई आफ्नो चुनावी क्षेत्र काठमाडौं– ७ मा पर्ने तारकेश्वर नगरपालिका ३ को लामिछाने गाउँबाट तल जितपुरफेदी बजार झर्दैछिन्। उनी ढुंगैढुंगाको अप्ठयारो बाटोबाट तल ओर्लिने बेला कल्पना लामिछाने र कान्छीमाया तिमिल्सेना भने बाटोमा भेटिए। दुवै जनाका हातमा पूजाका थाली छन्। आज हरिबोधनी एकादशीको दिन तुलसीको पूजा गर्न नजिकै रहेको शिद्धेश्वर मन्दिर जाँदै रहेछन्।

बाटोमा मानुषीले ’नमस्कार आमा’ भन्दै मत मागिन्,  ’म मानुषी, यो क्षेत्र (काठमाडौं–७) को गठबन्धनकी उम्मेदवार हुँ’, हसिँया हतौडा भएको गोलाकार चिन्हमा मतदान गरिदिनु होला!’

उनले प्रदेशमा कांग्रेसको रुख चिन्हमा सविन तामाङलाई र कलम चिह्नमा वसन्त मानन्धरलाई मतदान गर्न अपिल गरिन्। सविनले थप्दै भने,  ’हामी यो क्षेत्रको विकासका लागि भनेर युवा उम्मेदवार उठेका छौं। हामीलाई मतदान गर्नुहोला। तपाईहरुको विश्वासलाई घात गर्नेछैनौं।’

मानुषी र सविनको अपिल भुइँमा नखस्दै कान्छीमायाले भने बाटो देखाएर भनिन्, ‘यो बाटोघाटोको अवस्था यस्तो छ।  मत माग्ने अनि यहाँ नफर्कने?’

नजिकै रहेको तारकेश्वर माध्यामिक विद्यालय देखाएर भनिन्, ‘हेर्नहोस् सरकारी विद्यायलको भवनको हालत यस्तो छ।’ बाटोघाटो धुलैधुलो छ भनेर  गुनासो पोखिन्। कल्पनाले पनि पहिला घर–घरमा पानी आउने भनेको तर, पछि नआएको गुनासो गरिन्। 

’यहाँको साघुँरो बाटोलाई फराकिलो बनाउने भन्दै घर–घरमा आए, खै अहिले कता गए?’, मानुषीलाई कल्पनाको प्रश्न थपियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कान्छीमायालाई आश्वासन दिलाउँदै मानुषीले आफूलाई मत दिएर जिताएमा सबै काम गर्ने बताइन्। आफू नयाँ रहेको बताउँदै यहाँबाट जितेर गए जनतालाई धोका नदिने बाचा गरिन्। त्यसपछि उनीहरू विश्वस्तजस्तो देखिए। शुभकामना दिएर बाटो लागे।

कल्पना आफैंले निर्णय गरेर मत हाल्दिनन्। उनले भनिन्,  ‘घरमा छोराछोरीले कता भन्छन् उनैलाइ हाल्छु।’

अघिल्लो पटक चुनावमा मत माग्नेले घर–घरमा पानी आउने  आश्वासन दिएर गएका रहेछन्। तर, समाधान भने अहिलेसम्म भएन। उनले आफ्नो क्षेत्रका गुनासो शृंखलाबद्ध सुनाइन्।

मानुषीको समूह घरदैलो अभियानको रफ्तारमा थियो। केही ठूलो संख्यामा जितपुर फेदीमा जम्मा भएका छन्।

Xtrem

Xtrem

मानुषीको टोली महादेव खोलाको छेउछाउ हुँदै तलतिर झरे। काठमाडौं १० को तार्केश्वर नगरपालिका ३ जितपुरफेदी गाउँ वरिपरि शिवपुरी डाँडाले झपक्कै ढाकेको छ। चक्रपथको मुल सडकलाई छोड्दै हामी बालाजु हुँदै बाइपास, तार्केश्वरको जङ्गखु, सानो बाइपास हुँदै जितपुरफेदीको धुलो छिचाल्दै बजारमा पुग्यौं।  

मानुषीको समूहले घरदैलो अभियान तीव्र बनाएको बेला यता एमालेका उम्मेदवार श्याम घिमिरेको टोली भने सुनसान थियो। पहिलो दिन यो क्षेत्रमा श्यामको टोलीले मत मागिसकेको रहेछ। प्रदेशका उम्मेदवार प्रकाश श्रेष्ठले भने आज घरदैलो अभियान नगरेको बताए। हरिबोधनी एकादशी भएकाले नगरेको उनको भनाइ थियो। 

०७० र ७४ मा निरन्तर यही क्षेत्रमा निर्वाचित भएका स्वतन्त्रका उम्मेदवार रामवीर मानन्धरको टोली भने घरदैलो अभियानमा आएको छैन। रामवीरलाई फोन गरेर बुझ्दा घरमा उनको भाउजुको डेंगुले मृत्यु भएको हुनाले अझै तीनचार घरदैलो अभियानमा नजाने खबर आयो। 
०००
दुर्गाप्रसाद घिमिरे र शिवराम धिताल दुर्गाको घरको आँगनमा हरिबोधनी एकादशीको पूजा गर्दैछन्। उनको सबै परिवार आँगनमा छन्। पूजाको सामाग्री राखिएका छन्। पूजाका लागि भनेर अन्नका भण्डार घरैमा थुपारेर राखेका छन्। दुर्गा भने कपडा फेरेर बसेका छन्। 

मानुषीको टोलीले दुर्गाको घरको गेट खोलेर भित्र छिरे। मानुषीले भोटको अपिल गरिन्। मानुषीको कुरा सनेर दुर्गाप्रसादले भने,  ‘तपाईंको आमा खै भन्दै प्रश्न गरे।’ 
त्यसपछि उनले थपे,  ’आमालाई यही क्षेत्रमा जिताएर पठाएको हो। त्यसपछि यहाँ आउनु भएको छैन।’ मानुषीलाई अप्ठ्यारो प¥यो।

मानुषीले आमाको प्रतिरक्षा गर्दै भनिन्,  ’अब यो क्षेत्रको अभिभारा मैले लिएकी छु, आमा पनि लिएर आउँछु। हिजो आमालाई संसद्मा पु¥याउनु भयो। आज म तपाईंले खोजेको महिला युवा उम्मेदवार आएकी छु। मतदान गरेर संसद्मा जनताका आवाज बुलन्द गर्ने अवसर दिनुहोस्।’ 

पूजाको बीचमा बसेका शिवरामले भने,  ‘सत्कर्म गर्नुहोस्, जित सुनिश्चित हुन्छ।’

नयाँ युवा पुस्तालाई जिताउनमा यहाँका जनता आतुर रहेको पनि दुर्गाले बताए। संसदमा भएको खिचातानीले भने आफू दिक्क भएको बताए। यो क्षेत्र ‘काठमाडौको कर्णाली’ भएको बताए। सही वा झुट जस्तोसुकै आश्वासन दिएपनि मत जनताले दिने उल्लेख गरे। अरु भन्दा मानुषीको जोस–जाँगर देखेर भने दुर्गाले जनतामा सकारात्मक सन्देश गएको बताए। 

मान्छेलाई सधैं एकै प्रकारको लुगा लगाउन मन नलाग्ने तर्कै गर्दै यसपल्ट नयाँ परीक्षण हुने त्यहाँको मतदाताको भनाइ छ।  दुर्गाले भने,   ’पुराना चिज हेरेर दिक्क भएका छन्। नयाँ मान्छेको खोजीमा हामी छौं। मानुषी जस्तो महिला युवा पुस्ता र उनी आफैंमा कहिले बिबादित छवि नभएकाले जनता उनीसँग सकारात्मक छन्।’ 

०००
मानुषीको टोली चुनावी अभियानका क्रममा कान्छी दुलाल र विष्णुदेवी दुलालको घरको गेटभित्र छिर्यो। कान्छी र विष्णुदेवी सासुबुहारी हुन्। कान्छी ७५ वर्षको भइन् भने विष्णुदेवी ५५ वर्षकी। मानुषीले भोट माग्दै हातमा आफनो अपिलको पर्चा थमाइन्। दुलाल सासुबुहारी केही बोलेनन्। मानुषीले आशीर्वाद र मत दुवै चाहिएको भन्दै कान्छीमायाको हात टाउकोमाथि राखिन्। दुवैले मत दिने आश्वासन दिए।

ती दुलाल सासुबुहारीलाई आफ्नो क्षेत्रका उम्मेदवारबारे थाहा छैन। 

भर्खरै मत माग्न आएकी मानुषीको नाम पनि पहिलो पटक सुनेको उनले बताइन्। यहाँ एमालेका श्याम घिमिरे,  सत्ता गठबन्धनका तर्फबाट मानुषी र अन्य उम्मेदवार रामवीर मानन्धरको नाम लियौं। रामवीरलाई चिनेकी विष्णुदेवीले मानुषी बाबुराम भट्टराई र हिसिला यमीको छोरी हो भन्दा उनले बल्ल चिनेझैं प्रतिक्रिया दिइन्। 

कान्छी र विष्णुदेवीले चिनेर पनि त्यति फरक पर्ने थिएन। किनभने, उनको मतको निर्णय छोराभतिजा गर्नेछन्। ‘छोरा भतिजाले कता भन्छन् उतै मत दिन्छौं’, विष्णुदेवीले भनिन्। यहाँ मुख्य बाटोको र खानेपानीको समस्या रहेको उनले बताइन्। ’नानी भर्खरैकै रहिछन्,  राम्रो गर्लिन्,’ उनले भनिन्।

बिहानै भैंसीलाई कुँडो खुवाउँदै गरेकी तारा बजगाईंका नजिक मानुषी पुगिन्। आफ्नो परिचिय दिँदै मानुषीले हँसिया हतौडा  चिह्नमा मतदान गर्न अपिल गरिन्। ’यहाँ अगाडिकाले विभिन्न आश्वासन दिए। तर, विकास भने जस्तो गरेनन्। पुराना एकै नेतालाई मत दिएर जनता पनि वाक्क भइयो,’ उनले भन्छिन्, ‘अब नयाँलाई पनि परिक्षण गरौं।’

तारा तीनपिप्ले स्वास्थ्य चौकीकी स्वयम्सेविका हुन्। उनले यसपल्ट मानुषीले जित्ने दाबी गरिन्। ’पहिलो संविधान सभाको निर्वाचन ०६४ मा उहाँको आमा (हिसिया)लाई पनि जिताएको हो। उनीजस्तो शालिन भद्र बौद्धिक युवा पुस्तालाई अवसर दिनुपर्छ,’ उनले थपिन्,  ’उनको बोलीभाषा र सरलतासँग हामी प्रभावित छौं।’ 


०००
२००७ सालमा जन्मेका पुण्यप्रसाद घिमिरे भने दिनकै मत माग्नेको घुइँचो लाग्ने गरेको बताउँछन्। पहिलो दिन एमालेको र दोस्रो दिन गठबन्धनको समूह चुनावी अभियानमा आए। मानुषीको समूह नजिक गएर मत माग्यो। उनले मानुषीलाई भने ठम्याउन सकेनन्। आमा हिसिला यमी र बुवा बाबुराम भट्टराईकी छोरी भनेपछि भने थाहा पाए।

मानुषी गएपछि उनले हामीसँग भने,  ’आमाले यही क्षेत्रमा जितेको हो।  त्योबेला माओवादी जनयुद्धबाट भर्खरै शान्ति प्रक्रियामा आएको थियो। एक खालको क्रेज थियो। अहिले माओवादीको छवि हराएको छ। आफ्नै अजेन्डा र व्यक्तित्वले जित्न सक्लिन्।’

नेताका रुपमा भने जुन जोगी आए नि कानै चिरेको हुने उनको बुझाइ छ। उनी भन्छन्, ‘जितपुरफेदीको नयाँ पुल बनाउनै वर्षौं लगाएको छ, कसरी हुन्छ विकास?’ 
०००
जितुपरफेदीको नयाँ पुलमा बिहानै चियाको चुस्कीसँग चुनावी चर्चा सुरु भएको छ। शिवप्रसाद लामो समय राजनीति गरेर किनारामा लागेका छन्। उनले एमालेनिकट युवा संघमा काम गरे। अहिले भने वस्तुभाउ पालेर किराना पसलको व्यापार सुरु गरेका छन्। बिहानको घाममा उभिएका युवा पुस्ता भने मानुषी जस्तो उम्मेदवार पाउनु आफैंमा ठूलो अवसर रहेको बताइरहेका छन्। 

कलाकार किशोर भण्डारी (डिठ्टासाव)लाई पनि चुनावी सरगर्मी छ। उनले अनुभव सुनाए,  ’म स्थानीय तहमा उठ्दा सिरियल खेले जस्तो हो चुनाव भनेर प्रश्न गर्नुभयो। तर चेतनशील मतदाता भएपछि नतिजा फरक आउँछ,’ उनले भने। नेपाली कांग्रेसबाट तारकेश्वर नगरपालिका २ को वडा सदस्य जितेका छन् उनले । उनी नयाँलाई जनताले अवसर दिने बताउँछन्।

शिवप्रसाद भने उक्त क्षेत्रलाई रामवीर मानन्धर पकड क्षेत्र रहेको बताउँछन्। मानन्धरलाई एमालेले कारबाही गरेपछि भने उनी स्वतन्त्र उम्मेदवार बनेका छन्। ‘रामवीरले कुनै दल समातेर आएको भए मानुषीलाई थप चुनौती हुने थियो’, शिवप्रसादले भने। तर पनि रामवीरले एमाले र कांग्रेस दुवैको मत काट्ने उनले दाबी गरे। 
श्याम घिमिरे पनि बलियो उम्मेदवार हुन्। तर उनी यहाँका जनतासँग नभिजेकोले यो फाइदा मानुषीलाई हुन सक्ने शिवप्रसादले बताए। 

काठमाडौं महानगरपालिका १६, १७, १८ र २५, नागार्जुन नगरपालिका १, २ र ३ र तारकेश्वर नगरपालिका ३, ४ र ५ रहेका छन्। स्थानीय तहमा यो क्षेत्रमा कांग्रेसको मत बढी भएको उनले बताएका छन्। तर पनि ठूलो जनसंख्या भएको काठमाडौ महानगरपालिकालेको मत निर्णायक हुने स्थानीयको भनाइ छ।

तस्बिरहरूः मनिष अर्याल 

यो पनि पढ्नुहोस

पहिलो महिला सभामुख ओनसरी, जो परिचय दिँदै डुलिरहेकी छिन् काठमाडौं- 


 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्