• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं स्थलगत

पहिलो महिला सभामुख ओनसरी, जो परिचय दिँदै डुलिरहेकी छिन् काठमाडौं- २

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक १७, २०७९  १९:१३
1140x725
तस्बिर : मनिष अर्याल

काठमाडौं- बिहीबारदेखि उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार अभियान सुरु गरे। उम्मेदवारहरुको प्रचारशैली नियाल्ने क्रमको पहिलो दिन हामीले छान्यौं, ओनसरी घर्तीमगर। 

काठमाडौं- २ बाट प्रतिनिधि सभा उम्मेदवार उनले बिहीबारदेखि नै घरदैलो थालेकी हुन्। रोल्पामा जन्मे, हुर्केकी, सशस्त्र संघर्ष गरेकी र जनप्रतिनिधिका रुपमा समेत छानिएकी उनी पूर्वसभामुख समेत हुन्। सभामुख बन्ने शौभाग्य पाएकी एकमात्र महिला नेताका रुपमा उनको आफ्नै पहिचान छ। 

तर, काठमाडौं- २ सँग उनको उस्तो चिनजान छैन। सादा प्रिन्ट सारी, हरियो स्विटर, काँधमा पातलो फरिया र खुट्टामा स्पोर्ट जुत्ता लगाएकी  ओनसरी अग्ला घरका गल्लीबाट आकाशतिर हेर्दै भनिरहेकी छिन्,  'नमस्ते म ओनसरी घर्तिमगर। सत्ता गठबन्धनका तर्फबाट हजुरहरुको उम्मेदवार।'

314372856_642188874014789_594089883181178197_n1667476611.jpg

मोबाइल घडीको अंकले बिहान ७ बजेको डिजिटल अंक देखाउँदै थियो। पेप्सीकोलाको खहरेमा विहानको घाम झुल्को पुग्दै थियो,  मुख्य सडकको छेउमै लुम्बिनी तन्दुरी रेष्टुरेन्टमा चिया पिउनेको भिड बढ्दो थियो। ठूलो आवाजमा गीत बजाउँदै भ्यान आइपुग्यो। अगाडि ब्यानर थियो र लेखिएको थियो,  प्रतिनिधि सभा उम्मेदवार ओनसरी घर्तिमगर (नेकपा माओवादी केन्द्र), धुव्र केसी प्रदेश १ (नेपाली कांग्रेस),  भरतप्रसाद फुयाँल, प्रदेश २ (एकीकृत समाजवादी)।

गीत बजिरहेको छ, ‘ए काका, ए आमा, गठबन्धनलाई जिताउँ! ओनसरीलाई जिताउँ।' सेल्फी खिच्ने र टिकटक बनाउनेहरु आफ्नै धुनमा मग्न छन्। त्यही क्रममा प्रवेश भएको हो, माथि उल्लेखित हुलिया भएकी ओनसरीको। त्यो तामझाम ओनसरीलाई चित्त बुझेनछ। निर्देशन दिइन्,  ‘अनुशासित र नियमवद्ध तरिकाले मतको अपिल गरौं सबै साथीहरु।' 

बालबालिकाहरु झण्डा लिएर नाच्न थाले। प्रचारमा आएका एक पुरुषले झण्डा खोसे। अर्का समर्थकले नाच नाच भनेर उक्साए। बच्चाहरु के छाड्थे ? थप झण्डा तानेर आफ्नै पारामा रमाइलो गर्दै टाढिए।

ओनसरी खहरे चोकको नेपाल यातायातको बस लाग्ने गल्लीतिर लागिन्। उनीसँगै कार्यकर्ताहरु झन्डा पर्चा लिएर गल्लीमा छिरे।  

Ncell 2
Ncell 2
nimb
nimb

312101375_652704709633723_3093716873741552710_n1667476631.jpg

शहरका व्यस्त मतदाता भने आफ्नो काममा मस्त छन्। घर-घरको अगाडि गएर ठूलो माइकको कर्कशले पनि उनीहरुको नियमितता विथोल्न सकेन। बाटोमा भेटिएकाहरुसँग हात जोडर सत्ता गठबन्धनका पक्षमा ओनसरीले भोट मागिन्  ।

खहरे घुमिसक्दा कुनै मतदातासँग पनि ओनसरी दोहोरो लामो कुरा भएन। संसदमै १५ वर्ष पुगिसकेकी ओनसरी उक्त क्षेत्रमा नयाँ हुन्। सभामुखसम्म बने पनि चर्चा र विवाद दुवैबाट परै रहेकी उनलाई कतिले चिन्दै चिनेनन्। चिन्नेहरुलाई भन्नु केही थिएन। 

खहरे चोकमा रहेको रवीन्द्र केसी र निरोज हमालको ग्रिल उद्योगनेर पुगेपछि भने छोटो संवाद भयो। उनीहरु दुवै जना यही क्षेत्रका बासिन्दा हुन्। 'यहाँबाट मतदान गरेको ३१ वर्ष पुगिसकेछ,' रवीन्द्रले पछि हामीसँग भने। ओनसरी उनीहरु नजिक गइन्, 'नमस्कार,  हामीलाई मतदान गर्नुहोला।'

Xtrem

Xtrem

रवीन्द्रले नमस्कार फर्काउँदै भने, 'हाम्रो मत तपाईंलाई नै हो तर रोजगारीका लागि हामी जस्ता मजदूर गरिखानेलाई पहल गरिदिनुपर्‍यो।' ओनसरीले आश्वस्त पार्न थपिन्,  'माओवादीले रोजगारीको ग्यारेन्टी गर्छ। पूरै देशको समस्या हल गर्छ।'

ओनसरी अघि बढिन्। रवीन्द्र र निरोज त्यहीँ उभिए। हामी उनीहरु नजिक पुग्यौं। दुईमध्ये रवीन्द्रले ओनसरीलाई चिनेका रहेछन्। ‘रोल्पाको मान्छे, यहाँ आउनुभएछ’, उनले भने, 'यो क्षेत्रमा गठबन्धनमा कांग्रेसको भर हो। कांग्रेस इमान्दार भए यस्तो सोझो महिलालाई जिताए हुने।'

'नेताजस्तो व्यवहार' नभएकी उनको सामान्यपनले उनीहरुलाई प्रभावित पारेको रहेछ। ओनसरीको टोली खहरेबाट टाउन प्लानिङ्गतर्फ छिर्‍यो। भेटिने जतिसँग भोट मागिन्। आफ्नै दैलोमा उम्मेदवार आउँदा पनि घरकाहरुले भने बाहिर आउन त्यति जाँगर चलाएनन्। झ्याल र बार्दलीबाट नियाले उनीहरुले। ओनसरीले माथितिर हेर्दै नमस्कार गरिन्। उनको समूहमा रहेकाहरुले कहिले गेटमुनिबाट र केहीले भित्ता माथिबाट प्रचार सामग्री फालेर हिँडे।

311935413_485359976961296_8171835352248882102_n1667476651.jpg

ओनसरी घरदैलो पुगिरहेकी थिइन्। रोल्पाका उकाली-ओराली गरेकी उनको अझै हिँडाइको रुफ्तार कमजोर थिएन। एकहोरो हिँडेरै आधी-बिहान सकियो। 

टाउन प्लानिङमै रहेको यानी राजभण्डारीको घरमा पुग्दा बल्ल मतदाताबाट हुने स्वागत भयो। भित्रबाट यानी खादा र अबिर लिएर आइन्। साथमा उनको बच्चा पनि थियो। उनले ओनसरीलाई जितको शुभकामना भनिन्। भनिन्, ‘तपाईं जस्तो शालिन महिलालाई अब काठमाडौंले जिताउनुपर्छ।’ यानी पनि उनको सामान्य जीवनशैलीसँग प्रभावित रहिछन्। आफू कांग्रेस निकट बताउने उनले ओनसरीले जित्ने दाबी गरिन्। थपिन्, ‘सबै जनताले महिलालाई अवसर दिनुपर्छ।’

समृद्धिमा चासो

यानीलाई यहाँको विकासमा मात्रै होइन, देशकै समृद्धिमा चासो छ। त्यसमै केही थपिन्, 'यो क्षेत्रमा पर्ने मूलपानी सडकको सुधार होस्। सुकुम्बासी व्यवस्थापन होस्। फोहोरको समस्या समाधान होस्।'

ओनसरीको टोली मकै पोल्ने चोकतिर लाग्यो। चोकबाट तीनतिर जाने बाटो छ। समूहमा प्रचार गर्दै हिँडेका केही त्यही चोकमा रुमलिए। ओनसरी भने घरदैलोमै लागिन्। हामी भने चोकमा रहेका कार्यकर्तासँग गफिन थाल्यौं।

कांग्रेसको चारतारे झण्डा बोकेकी समूहकी एक युवतीले गठबन्धनमा इमानदारिता अभाव रहेको गुनासो पोखिन्। गुनासो भने स्थानीय तहको निर्वाचनलाई लिएर रहेछ। मुख अमिल्याउँदै उनले भनिन्,  ‘जय नेपाल भन्ने,  मत अन्त हाल्ने?’

सबैले एकढिक्का भएर नलागुन्जेलसम्म जित निकाल्न नसकिने उनको बुझाइ छ। उनी नेताका रुपमा बोलिन्, 'प्रतिगमनकारी पक्षलाई घुँडा टेकाउनका लागि भए पनि ओनसरीको जित हुनैपर्ने ती युवतीको टिप्पणी थियो।'

मकै पोल्ने चोकमा बिहानको घाम तापिरहेको प्रचार समूह जित्न सकिनेमा आशावादी देखिन्थ्यो। कतिपय भने रोल्पाकी ओनसरीलाई यहाँ परिचित गराउन समय लाग्ने भन्दै निराशा पोख्दै थिए। नेपालको पहिलो महिला सभामुख जस्तो बिरासत बोकेकालाई जनतामा चिनाउनुपर्ने गरी लाग्नुपर्ने कुरामा उनीहरुको एक मत भयो।

ओनसरी अघि बढिरहिन्। उनले मत मागिरहिन्। तर कसैले उनीसँग केही मागेनन्। न अजेन्डा मागे। न आश्वासन। बिहीबार पाल्पाकोट, जडिबुटी, कोटदेवी, कस्मिक, काडाँघारी, कोटेश्वर, विरेन्द्र चोक गोठाटार र पेप्सीकोला क्षेत्रमा चुनावी प्रचार प्रसार सक्नेगरी टोलीले रफ्तार पक्डेको थियो।

टाउन प्लानिङमै भेटिए कपडा व्यापारी मणिराम फुयाँल। नेकपा एमालेबाट यही क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार रहेकाको नाम पनि मणिराम फुयाँल नै हो। अर्का उम्मेदवारसँग नामथर नै मिल्ने यी मणिरामको पहिलेको घर काभ्रेपलाञ्चोक हो। अहिले मतदाता नामावली यही क्षेत्रमा सारेका छन्। उनले यहाँबाट २०७४ सालदेखि मतदान गर्दै आएका छन्। ओनसरीले उनको पसलमा पुगेर मत मागिन्। मणिरामले हुन्छको संकेत गरे।

ओनसरी त्यहाँबाट निस्केपछि हामी मणिरामसँग गफिन थाल्यौं। उनले रोल्पाकी ओनसरीको काठमाडौं-२  अवतरण सहज नभएको बताए। मणिरामले भने, ‘माओवादीको २०६४ साल जस्तो क्रेज भए पो सम्भव हुन्थ्यो।’

अलि-अलि राजनीति बुझेका उनले ओनसरीकै इच्छाले नभई गठबन्धनको बाध्यताको उपज उनी यहाँ आइपुगेको बताए।

उनले २०६४ मा समानुपातिक, २०७० मा प्रत्यक्ष र २०७४ मा समानुपातिकबाट सांसद भइसकेको सुनाए। 'संसदमा निरन्तर रहेको १५ वर्ष भएको छ। ओनसरीले विकास गर्ने ठाउँ, अजेण्डा र आफ्ना प्रगति विवरण रोल्पालाई देखाएको भए सानदार जित निकाल्न सक्नुहुन्थ्यो,' उनले भने,  'यहाँ त सजिलो छैन।'

२०७४ मा यो क्षेत्र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट जितेको क्षेत्र हो। नेपाल रौतहटमा झरेपछि ओनसरीको इन्ट्री भएको हो। 

यहाँका स्थानीयमा निर्वाचनलाई लिएर खासै उत्साह छैन। पेप्सीकोला छेउमा तरकारी बेचिरहेका नीलकण्ठ सत्याल ‘हर्ष न विस्मात्’ जस्तै भएको बताउँछन्। उम्मेदवार ओनसरीले उनी नजिकै गएर नमस्कार गरिन्। मतदान गर्न अपिल गरिन्। सत्यालले खास वास्ता नगरेर जवाफ फर्काए,  'जो राम्रो गर्छ,  उसैलाई मतदान गर्ने हो।'

नीलकण्ठले स्थानीय तहको निर्वाचनमा मतदान गरेनन्। अहिले मतदान गर्ने योजना त बनाएका छन् तर कसलाई गर्ने भन्नेबार घरसल्लाह बाँकी रहेको बताउँछन्। उनले ओनसरीलाई राम्ररी चिनेनन्। नयाँ उम्मेदवारकै रुपमा लिएका रहेछन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १९:१३
  • #काठमाडाै स्थलगत
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्