• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं स्थलगत

त्यसपछि प्रकाशमान भन्न बाध्य भए, ‘डाक्टरको छोरा डाक्टर हुँदैमा बिरामी आउँदैनन्’

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक १७, २०७९  २१:२१
1140x725

काठमाडौं–  प्रकाशमान सिंह सत्ता गठबन्धनका तर्फबाट काठमाडौं– १ मा उम्मेदवार छन्। यही क्षेत्रबाट उनी चौथोपटक संसद् छिर्ने प्रयास गर्दैछन्। उपप्रधानमन्त्री समेत भइसकेका उनको आफ्नै पहिचान छ। तर,  कांग्रेस नेता गणेशमान र नेत्री मंगलादेवी सिंहको पहिचानभन्दा माथि छैन।

अभिभावकको पहिचानलाई लिएर सधैं सकारात्मक टिप्पणी हुँदैन। कतिपयले विरासतबाट आएको भन्दै उनको योगदानको अवमूल्यन गरिदिन्छन्। प्रतिष्पर्धीले यही कुरालाई उछालिरहेका पनि रहेछन्।  त्यस्तो पटक–पटक सुनिसकेका सिंहले बिहीबार घरदैलोकै क्रममा भने, ’मान्छेहरूले मलाई नेताको छोरा नेताको छोरा भन्छन्। नेताको छोरा त हो म। नेताको छोरा भन्दैमा राजनीतिमा टिक्न सक्छ कि सक्दैन? कुरा त्यो पनि हो। बाबु पनि डाक्टर छ, छोरा पनि डाक्टर छ। बुवाकै कारण छोरा डाक्टरकोमा बिरामी आउँछन् त? कि आउँदैनन् नि!’

उनले आफ्नो सक्रियता, लगनशीलता र क्षमता नभएको अवस्थामा बुवा–आमाकै नामका कारण यहाँसम्म आआइपुग्न नसक्ने कुरालाई उनी सप्रसंग व्याख्या गर्न खोजेका हुन्। 

मतदाताहरूसँग कुरा गर्दै सिंहले आफू नेताकै छोरा भएपनि विरासतभन्दा जनताको सेवाबाट राजनीतिमा टिक्न सकेको दोहो¥याए। आफ्ना मातापिताले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदान पनि स्मरण गराए। मातापिता कुनै पार्टी विशेषले मात्र नभइ समग्र देशले नै मान्ने गरेको बताउँदै त्यसमा दाग नलाग्नेगरी आफू लागिपरेको उनले उल्लेख गरे। त्यसैमा थपे, ’प्रजातन्त्र स्थापनाका लागि उहाँहरूले गरेको योगदान, त्याग र संघर्ष महत्वपूर्ण छ। उहाँहरू पदमा नपुगेपनि इज्जत त कमाएको छ नि उहाँहरूले। के कांग्रेस? के कम्यनिष्ट? के अरु विचारधारा? सबैले मान्ने गरेको छ।  उहाँहरूले कमाएको इज्जतमा दाग नलागोस् भनेर म त्यसरी लागेको छु र काम गर्छु।’

पृष्ठभूमिका विषयमा प्रष्ट पारेपछि फेरि उनी त्यतै फर्किए,  ’नेताहरूको ब्याकग्राउन्ड (पृष्ठभूमि) बुझेर मात्रै मतदान गर्न आग्रह गर्दछु। म राजीतिबाट अलग हुँदा पनि गणेशमान र मंगलादेवीका छोराले केही राम्रो गरेको छ भनेर देखाउन चाहन्छु।’

आफू जग्गाजमिन जोड्न, बैंक ब्यालेन्स बढाउनका लागि राजनीतिमा नआएको दाबी गर्दै उनले समाजसेवा गर्नका लागि आएको बताए। 

मत माग्ने क्रममा उनले काठमाडौं– १ लाई विशेष निर्वाचन क्षेत्रका रुपमा लिनुपर्नेतर्फ संकेत गरे। आफू ’हेबिवेट’ भएकोतर्फ संकेत गर्नेगरी उनी घुमाउरो रुपमा प्रस्तुत भए। ’केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने त उनको नारा नै छ। 

आफू प्रभावशाली रहेको तथा काठमाडौं– १ प्रभाशालीहरूको भएको पुष्टि गर्ने केही फुँदा जोडे, ’कसको कृपा हो, थाहा छैन। काठमाडौं–१ बाट नेतृत्व गर्नेहरूले मौका चाहिँ पाउँदो रहेछ। यो क्षेत्रबाट जितेका उम्मेदवारहरू ठूला–ठूला पदहरू प्रधानमन्त्री (मनमोहन सिंह), राष्ट्रपति (विद्यादेवी भण्डारी) बन्न सफल भएका छन्।’ 

Ncell 2
Ncell 2

आफू पनि प्रधानमन्त्रीकै लाइनमा रहेको आफैंले भनेनन्। तर, उनीसँगै चुनावी अभियानमा रहेका काठमाडौं– १ प्रदेश (क)का उम्मेदवार दीपेन्द्र श्रेष्ठले सिंह यसक्षेत्रको भावी प्रधानमन्त्री भएको बताइदिए। प्रदेश (ख)का उम्मेदवार सुरजचन्द लामिछानेले जनताको हौसला र उपस्थितिले विजयको संकेत देखिसकेको दाबी गरे। 

आफूमाथि सोझिने पहिलो प्रश्नको यसरी उत्तर दिएपछि फेरि अर्को सवालतर्फ केन्द्रित भए। ०६४ देखि लगातार जितिरहेका छन् उनी। अहिले उनले झेल्न अर्को प्रश्न रहेछ– चौथोपटक किन मतदान गर्ने?’

उनी आश्वस्त पार्दै भन्छन्, ’दुईपटक म संविधान लेखनमा व्यस्त भएँ। तपाईँहरूलाई याद नै छ। पहिलोमा के भयो? दोस्रोमा कांग्रेसकै नेतृत्वमा संविधान लेख्ने काम भयो।’ उनले संविधान जारी गर्न नसक्नेहरूलाई पनि दोस्रो संविधान सभामा समेटेर संविधान जारी गरेको दाबी गरे। 

उनले संविधानसभा पछिको प्रथम आम निर्वाचनमा कांग्रेस सरकारमा जाने संख्या प्राप्त नभएको बताए। उनले आफूलाई काठमाडौं १ का जनताले जिताएको भए पनि १६५ मध्ये जम्मा २३ सिटमा सिमित हुनुपरेको कारण सरकारमा नेतृत्व लिन नसकेको बताए।

उनले अरु दलहरूले गर्न नसकेको काम कांग्रेसले गरेको कुरा मतदाताहरूलाई स्पष्ट पारें। ’संविधान कार्यान्वयन गर्दा खेरी झण्डै दुई तिहाईको सरकारले के ग¥यो?’ उनले प्रश्न गरे, ’तेस्रो पटक संविधान जोगाउनका लागि नै समय व्यतित गर्नुपर्‍यो।’ 

बल्ल आफू चौथो पटक मत माग्न आउनुको कारण खुलाए– ’कांग्रेसको नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयनका लागि मौका दिनुहोस्।’ नयाँ संविधानलाई कार्यान्वयन गरेर तीन तहको सरकारले काम गर्दा सहज रुपमा सेवा पाउने उनको भनाइ थियो। ’संविधानको मर्म र भावना अनुसार आवश्यक कानून निर्माण गर्दै केन्द्रिकृत एकल व्यवस्था र संघीयताबीच के छ भन्ने कुरा कार्यान्वयन गरेर देखाउन चाहेका छौं,’ उनले थपे।


सिंहले बिहीबार बिहान ७ बजेदेखि घरदैलो अभियान थालेका हुन्।  बिहान १० बजेसम्म उनले त्रिपुरेश्वर, थापागाउँस्थित पाठशाला स्कुल, आनन्दभूमि विजनेश सेन्टर नयाँ बानेश्वर, थापागाउँ लगायतका ठाउँका चुनावी अभियानलाई सम्बोधन गरे।

सिंहले बिहीबार औपचारिकता दिए। तर, धेरै ठाउँ यसअघि नै पुगिसकेका छन्। उनले आफ्ना अजेन्डा लिखित र मौखिक रुपमा प्रस्तुत गरेका छन्। 

उनको आफ्ने प्रतिबद्धतापत्र पनि छ। जहाँ उनले तिनै तह छुट्याएर आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छन्। पहिलो संघीय, दोस्रो प्रदेश र स्थानीय र तेस्रो चाहिँ काठमाडौं– १ लागि रहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २१:२१
  • #काठमाडाै स्थलगत
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी... आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग... आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
प्रचण्ड आजै रुकुमपूर्व जाने सोमबार, माघ ५, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्