• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं स्थलगत

त्यसपछि प्रकाशमान भन्न बाध्य भए, ‘डाक्टरको छोरा डाक्टर हुँदैमा बिरामी आउँदैनन्’

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, कात्तिक १७, २०७९  २१:२१
1140x725

काठमाडौं–  प्रकाशमान सिंह सत्ता गठबन्धनका तर्फबाट काठमाडौं– १ मा उम्मेदवार छन्। यही क्षेत्रबाट उनी चौथोपटक संसद् छिर्ने प्रयास गर्दैछन्। उपप्रधानमन्त्री समेत भइसकेका उनको आफ्नै पहिचान छ। तर,  कांग्रेस नेता गणेशमान र नेत्री मंगलादेवी सिंहको पहिचानभन्दा माथि छैन।

अभिभावकको पहिचानलाई लिएर सधैं सकारात्मक टिप्पणी हुँदैन। कतिपयले विरासतबाट आएको भन्दै उनको योगदानको अवमूल्यन गरिदिन्छन्। प्रतिष्पर्धीले यही कुरालाई उछालिरहेका पनि रहेछन्।  त्यस्तो पटक–पटक सुनिसकेका सिंहले बिहीबार घरदैलोकै क्रममा भने, ’मान्छेहरूले मलाई नेताको छोरा नेताको छोरा भन्छन्। नेताको छोरा त हो म। नेताको छोरा भन्दैमा राजनीतिमा टिक्न सक्छ कि सक्दैन? कुरा त्यो पनि हो। बाबु पनि डाक्टर छ, छोरा पनि डाक्टर छ। बुवाकै कारण छोरा डाक्टरकोमा बिरामी आउँछन् त? कि आउँदैनन् नि!’

उनले आफ्नो सक्रियता, लगनशीलता र क्षमता नभएको अवस्थामा बुवा–आमाकै नामका कारण यहाँसम्म आआइपुग्न नसक्ने कुरालाई उनी सप्रसंग व्याख्या गर्न खोजेका हुन्। 

मतदाताहरूसँग कुरा गर्दै सिंहले आफू नेताकै छोरा भएपनि विरासतभन्दा जनताको सेवाबाट राजनीतिमा टिक्न सकेको दोहो¥याए। आफ्ना मातापिताले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदान पनि स्मरण गराए। मातापिता कुनै पार्टी विशेषले मात्र नभइ समग्र देशले नै मान्ने गरेको बताउँदै त्यसमा दाग नलाग्नेगरी आफू लागिपरेको उनले उल्लेख गरे। त्यसैमा थपे, ’प्रजातन्त्र स्थापनाका लागि उहाँहरूले गरेको योगदान, त्याग र संघर्ष महत्वपूर्ण छ। उहाँहरू पदमा नपुगेपनि इज्जत त कमाएको छ नि उहाँहरूले। के कांग्रेस? के कम्यनिष्ट? के अरु विचारधारा? सबैले मान्ने गरेको छ।  उहाँहरूले कमाएको इज्जतमा दाग नलागोस् भनेर म त्यसरी लागेको छु र काम गर्छु।’

पृष्ठभूमिका विषयमा प्रष्ट पारेपछि फेरि उनी त्यतै फर्किए,  ’नेताहरूको ब्याकग्राउन्ड (पृष्ठभूमि) बुझेर मात्रै मतदान गर्न आग्रह गर्दछु। म राजीतिबाट अलग हुँदा पनि गणेशमान र मंगलादेवीका छोराले केही राम्रो गरेको छ भनेर देखाउन चाहन्छु।’

आफू जग्गाजमिन जोड्न, बैंक ब्यालेन्स बढाउनका लागि राजनीतिमा नआएको दाबी गर्दै उनले समाजसेवा गर्नका लागि आएको बताए। 

मत माग्ने क्रममा उनले काठमाडौं– १ लाई विशेष निर्वाचन क्षेत्रका रुपमा लिनुपर्नेतर्फ संकेत गरे। आफू ’हेबिवेट’ भएकोतर्फ संकेत गर्नेगरी उनी घुमाउरो रुपमा प्रस्तुत भए। ’केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने त उनको नारा नै छ। 

आफू प्रभावशाली रहेको तथा काठमाडौं– १ प्रभाशालीहरूको भएको पुष्टि गर्ने केही फुँदा जोडे, ’कसको कृपा हो, थाहा छैन। काठमाडौं–१ बाट नेतृत्व गर्नेहरूले मौका चाहिँ पाउँदो रहेछ। यो क्षेत्रबाट जितेका उम्मेदवारहरू ठूला–ठूला पदहरू प्रधानमन्त्री (मनमोहन सिंह), राष्ट्रपति (विद्यादेवी भण्डारी) बन्न सफल भएका छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आफू पनि प्रधानमन्त्रीकै लाइनमा रहेको आफैंले भनेनन्। तर, उनीसँगै चुनावी अभियानमा रहेका काठमाडौं– १ प्रदेश (क)का उम्मेदवार दीपेन्द्र श्रेष्ठले सिंह यसक्षेत्रको भावी प्रधानमन्त्री भएको बताइदिए। प्रदेश (ख)का उम्मेदवार सुरजचन्द लामिछानेले जनताको हौसला र उपस्थितिले विजयको संकेत देखिसकेको दाबी गरे। 

आफूमाथि सोझिने पहिलो प्रश्नको यसरी उत्तर दिएपछि फेरि अर्को सवालतर्फ केन्द्रित भए। ०६४ देखि लगातार जितिरहेका छन् उनी। अहिले उनले झेल्न अर्को प्रश्न रहेछ– चौथोपटक किन मतदान गर्ने?’

उनी आश्वस्त पार्दै भन्छन्, ’दुईपटक म संविधान लेखनमा व्यस्त भएँ। तपाईँहरूलाई याद नै छ। पहिलोमा के भयो? दोस्रोमा कांग्रेसकै नेतृत्वमा संविधान लेख्ने काम भयो।’ उनले संविधान जारी गर्न नसक्नेहरूलाई पनि दोस्रो संविधान सभामा समेटेर संविधान जारी गरेको दाबी गरे। 

उनले संविधानसभा पछिको प्रथम आम निर्वाचनमा कांग्रेस सरकारमा जाने संख्या प्राप्त नभएको बताए। उनले आफूलाई काठमाडौं १ का जनताले जिताएको भए पनि १६५ मध्ये जम्मा २३ सिटमा सिमित हुनुपरेको कारण सरकारमा नेतृत्व लिन नसकेको बताए।

Xtrem

Xtrem

उनले अरु दलहरूले गर्न नसकेको काम कांग्रेसले गरेको कुरा मतदाताहरूलाई स्पष्ट पारें। ’संविधान कार्यान्वयन गर्दा खेरी झण्डै दुई तिहाईको सरकारले के ग¥यो?’ उनले प्रश्न गरे, ’तेस्रो पटक संविधान जोगाउनका लागि नै समय व्यतित गर्नुपर्‍यो।’ 

बल्ल आफू चौथो पटक मत माग्न आउनुको कारण खुलाए– ’कांग्रेसको नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयनका लागि मौका दिनुहोस्।’ नयाँ संविधानलाई कार्यान्वयन गरेर तीन तहको सरकारले काम गर्दा सहज रुपमा सेवा पाउने उनको भनाइ थियो। ’संविधानको मर्म र भावना अनुसार आवश्यक कानून निर्माण गर्दै केन्द्रिकृत एकल व्यवस्था र संघीयताबीच के छ भन्ने कुरा कार्यान्वयन गरेर देखाउन चाहेका छौं,’ उनले थपे।


सिंहले बिहीबार बिहान ७ बजेदेखि घरदैलो अभियान थालेका हुन्।  बिहान १० बजेसम्म उनले त्रिपुरेश्वर, थापागाउँस्थित पाठशाला स्कुल, आनन्दभूमि विजनेश सेन्टर नयाँ बानेश्वर, थापागाउँ लगायतका ठाउँका चुनावी अभियानलाई सम्बोधन गरे।

सिंहले बिहीबार औपचारिकता दिए। तर, धेरै ठाउँ यसअघि नै पुगिसकेका छन्। उनले आफ्ना अजेन्डा लिखित र मौखिक रुपमा प्रस्तुत गरेका छन्। 

उनको आफ्ने प्रतिबद्धतापत्र पनि छ। जहाँ उनले तिनै तह छुट्याएर आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छन्। पहिलो संघीय, दोस्रो प्रदेश र स्थानीय र तेस्रो चाहिँ काठमाडौं– १ लागि रहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २१:२१
  • #काठमाडाै स्थलगत
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्