काठमाडौं- नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।
दोस्रो खेलमा सुवास खकुरेल, रोहितकुमार पौडेल र ललित भण्डारीले मौका पाएका हुन्। पहिलो खेल खेलेका शरद भेषवाकर घाइते छन् भने शक्ति गौचन र करण केसीले दोस्रो खेलमा मौका पाएनन्।राष्ट्रिय टिममा परे पनि ललित राजवंशीले दोस्रो एकदिवसीय खेलमा पनि टिममा स्थान बनाउन सकेनन्।
नेदरल्यान्ड्सले भने कुनै परिवर्तन गरेको छैन।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, रोहितकुमार पौडेल, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललित भण्डारी, आरिफ शेख, सन्दीप लामिछाने, अनिलकुमार साह
खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकोछ। नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने लक्ष्य बनाएको छ। कप्तान पारस खड्का दोस्रो खेलबारे भन्छन्,'ब्याटिङमा थेरै सम्हालिएको भए पहिलो खेल सजिलै जित्न सक्थ्यौं। तर त्यस्तो हुन सकेन। दोस्रो खेल राम्रो ब्याटिङ गर्नेमा आशावादी छु।'
यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।