काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ अर्थात नकआउट समीकरण पूरा भएको छ।
बुधबार राति इटालियन क्लब एसी मिलान र जर्मन क्लब आरबी लाइपजिग छनोट भएसँगै अन्तिम १६ समीकरण पूरा भएको हो।
लिग चरणको अन्तिम खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै मिलान समूह ‘ई’को उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो। यो समूहबाट इंग्लिस क्लब चेल्सी समूह विजेता बनेको छ।
यस्तै, दोस्रो चरणको स्थान सुरक्षित गर्ने क्रममा लाइपलिङले पनि युक्रनी क्लब साख्तर डोनेस्कलाई ४–० को सहज जित निकाल्यो। यो समूहमा स्पेनिस क्लब रियल म्याड्रिय विजेता बन्यो।
यसैगरी, इजरायली क्लब मकाबी हाइफालाई ६–१ गोल अन्तरको विशाल अन्तरले पराजित गर्दै पोर्चुगिज क्लब बेन्फिका समूह ‘एच’को विजेता बनेको छ। यो समूहबाट फ्रेन्च क्लब पीएसजीले उपविजेतामा चित्त बुझायो।
यससँगै, नकआउट चरणमा जाने सबै टोलीको टुंगो लागेको छ। अन्तिम १६ को ड्र नोभेम्बर ७ मा हुनेछ। नकआउट चरणका खेलहरू भने अर्को वर्षको जनवरीदेखि सुरु हुनेछन्।
यी हुन् नकआउट चरणमा जाने १६ टोलीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।