काठमाडौं– कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ।
श्रावण महिनाभर चल्ने यो उत्सवमा ‘शुभलक्ष्मी सेभिङ’ खाताका सेवाग्राहीले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सकिने बैंकले जनाएको छ।
नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्घेश्यका साथ आयोजित उक्त कार्यक्रमको ग्राहकवर्गबाट निकै सकारात्मक प्रतिक्रिया आएकोे बैंकको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।