लन्डन- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २२ औं शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्।
कोहलीले इंग्ल्यान्डविरुद्ध भइरहेको पहिलो टेस्टको पहिलो इनिङमा बिहीबार १ सय ४९ रन प्रहार गरेका हुन्। अदिल रसिदको बलमा आउट हुनुअघि कोहालीले २ सय ५५ बल खेल्दा २२ चौका र १ छक्का हिर्काए। कोहलीको शतकसँगै भारतले पहिलो इनिङमा २ सय ७४ रन जोड्न सफल भयो। इंग्ल्यान्डले पहिलो इनिङमा २ सय ८७ रन जोडेको थियो।
कोहली कप्तानको रुपमा टेस्ट क्रिकेटमा बढी शतक प्रहार गर्ने सूचीको तेस्रो स्थानमा छन्। कोहलीको यो कप्तानको रुपमा १५ औं शतक हो। उनीभन्दा बढी शतक प्रहार गर्ने कप्तानमा दक्षिण अफ्रिकाका ग्रिम स्मिथ (२२ शतक) र अस्ट्रेलियाका रिकी पोन्टिङ (१९ शतक) छन्।
कोहलीले इंग्ल्यान्डमा पहिलो पटक टेस्ट शतक प्रहार गरेका हुन्। नयाँ टेस्ट राष्ट्र अफगानिस्तान र आयरल्यान्डबाहेक कोहलीले बंगलादेशमा टेस्ट प्रहार गरेका छैनन्। उनले अन्य ८ देशमा टेस्ट शतक प्रहार गरेका छन्।
कोहलीले टेस्टमा २२ शतक र १६ अर्धशतक प्रहार गरिसकेका छन्। शतक र अर्धशतक प्रहार गर्न कोहली भन्दा अघि अस्ट्रेलियाका सर डोनाल्ड ब्राडम्यान (२९ शतक र १३ अर्धशतक) छन्।
कोहलीको यो समग्रमा ५७औं शतक हो। उनले एकदिवसीय खेलमा ३५ र टेस्टमा २२ अर्धशतक प्रहार गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।