• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पूर्वाधारबारे के–के छन् गठबन्धन दलका फरक–फरक अजेन्डा?

64x64
सुरेन्द्र बजगाईं सोमबार, कात्तिक १४, २०७९  २१:१६
1140x725

काठमाडौं– सत्ता गठबन्धनका दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन बनाएर चुनावमा होमिए पनि घोषणापत्र भने फरक फरक बनाएका छन्।  

सत्ता गठबन्धनका दलहरूमध्ये कांग्रेसले गत शनिवार आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो भने माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। गठबन्धन नै बनाएर चुनावमा होमिए पनि पूर्वाधारसम्बन्धी एजेन्डामा भने फरकमत देखिएको छ।

कांग्रेसले विश्व बजारसँगको दूरी र बनेको सडकको अवस्थाले गर्दा पनि ढुवानी महंगो भएको जनाएको छ। कांग्रेसले ५ वर्षभित्र ७५ प्रतिशत जनसंख्यामा आधा घण्टाभित्र पक्की सडक पुर्याउने उल्लेख गरेको छ।

यस्तै, ५५ प्रतिशत परिवार सुरक्षित घरमा बसोबास गर्नेसमेत उल्लेख गरिएको छ। कांग्रेसले आगामी चुनावसम्म राष्ट्रिय गौरवका सबै निर्माणाधिन आयोजनाहरू सम्पन्न गर्ने बताएको छ।

सबै नेपालीलाई एकआपसमा जोड्न, उपलब्ध सेवामा सहज पहुँच वढाउन, शहर र गाउँ बीचको असमान विकास कम गर्न पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ। 

‘नेपालमा दिगो, दरिलो र गुणस्तरीय पूर्वाधार विकास गरी स्वदेशी उत्पादन र सेवाको लागत घटाउन सकिन्छ। बजारमा पहुँच पु¥याइ हाम्रा उत्पादनहरू प्रतिस्पर्धी बनाउन कांग्रेसले पूर्वाधार क्षेत्रलाई अर्थतन्त्रको मेरूदण्डको रूपमा अघि बढाउने छ,’ घोषणापत्रमा भनिएको छ, ‘सरकारी तथा निजी क्षेत्रको आवश्यक लगानी परिचालित हुन नसकेको अवस्थामा सार्वजनिक–निजी साझेदारीमा पूर्वाधार क्षेत्रमा लगानी बढाउन सबै तहका सरकारहरूलाई वर्तमान नीति तथा कानूनमा आवश्यक सुधार गरिने छ।’

माओवादी केन्द्रले पनि आफ्नो चुनावी घोषणापत्रमा पूर्वाधार विकासलाई प्रमुख प्राथमिकताका साथ उल्लेख गरेको छ। माओवादीले ‘सहज जीवनका लागि पूर्वाधारमा लगानी ⁄ पूर्वाधार विकासले ल्याउँछ नयाँ बिहानी’ नारा दिएर आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणदेखि काठमाडौंका कोरिडोरमा मोनोरेल सञ्चालन गर्नेसम्मको घोषणा गरेको छ। 

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिने घोषणापत्रमा उल्लेख छ। यस्तै, वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकताता दिइने उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2

‘यसैगरी, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, लोकमार्ग तथा द्रुतमार्गहरूको निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्र गतिमा अघि बढाइने छ,’ घोषणापत्रमा भनिएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अघि बढाइनेसमेत घोषणापत्रमा समावेश भएको छ। माओवादीले १५ बुँदामा पूर्वाधार निर्माणको कार्यक्रम सार्वाजनिक गरेको छ।

एकीकृत समाजवादीले भने पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एकअर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाइ सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालीन सोंचका साथ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने महत्वकांक्षी योजना अगाडि सारेको छ।

‘भौतिक पूर्वाधारको एकीकृत योजना नबनाउने, एउटै आयोजनाका लागि वर्षेनी नाम मात्रको बजेट विनियोजन गर्ने, शहरी क्षेत्रमा सडक कालोपत्रे, गर्ने पुनः अर्कै परियोजनका लागि पक्की सडक भत्काउने, सडक विस्तारका लागि भवन तथा पर्खाल भत्काउने, एकीकृत योजना निर्णाण तथा कार्यन्वयन नगर्ने प्रवृत्तिले सीमित स्रोत–साधनको पनि व्यापक दुरूपयोग भइरहेको छ। यस्तो अस्तव्यस्तताको अन्त्य गर्न पहल गरिने छ,’ घोषणापत्रमा भनिएको छ।

साथै, स्थानीय तहका टुक्रे योजनामा सङ्घीय र प्रादेशिक सरकारले बजेट पठाउने प्रचलनको अन्त्यगरी राष्ट्रिय महत्वका योजना सङ्घ, प्रादेशिक महत्वका योजना प्रदेश र स्थानीय स्तरका योजना स्थानीय स्तरकै गुरु योजनाअनुसार लागु गर्ने व्यवस्था मिलाइने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ।

यस्तै, राष्ट्रिय गौरवका योजनालाई समयमै सम्पन्न गर्न, आयोजना निर्माण कुनै किसिमको व्यवधान नहुनेगरी काम गर्ने उसले जनाएको छ। 

सबै आयोजनालाई एकीकृत रूपमा सञ्चालन गर्न युटिलिटी करिडोरको अवधारणामार्फत कार्यान्वयन गर्न कानुन निर्माण गर्नेसम्म घोषणापत्रमा समावेश गरिएको छ।

सरकारी स्वामित्वमा रहेका तर बिग्रेर विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा रहेका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सकिनेलाई सञ्चालन गर्न तथा सकेसम्म विद्युतीय सवारीमा परिवर्तन गर्न आवश्यक बजेटको व्यवस्था गर्नेजस्ता विषय पनि एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको छ। 

‘आधुनिक शहरहरू निर्माणका लागि स्रोतको कमी र जग्गाको उपलब्धतालाई परिपूर्तिगर्न ‘जग्गा एकीकरण परियोजना’ लागु गरिने छ। प्राकृतिक प्रकोपको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिने छ,’ घोषणापत्रमा लेखिएको छ। 

ग्रामिण क्षेत्रहरूमा सडक, खानेपानी, विद्युत्, दूरसञ्चार, विद्यालय, स्वास्थ्यकेन्द्र, कृषि सेवाकेन्द्रजस्ता न्यूनतम सेवाहरू पु¥याउनेगरी बस्ती विकास गरिने घोषणापत्रमा समावेश गरिएको छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्