• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दार्चुला घटना- भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार, पीडितलाई क्षतिपूर्ति दिन तयार

64x64
रासस आइतबार, कात्तिक १३, २०७९  ०६:३५
1140x725

दार्चुला– सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी 'गर्ग एन्ड गर्ग' ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ। 

शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना भएको थियो।

'भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ,' जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।

महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ। उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनाको आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए।

'भारतीय निर्माण कम्पनी क्षतिपूर्ति दिन तयार छ,' उनले भने।

उनका अनुसार भारतीय निर्माण कम्पनीले मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ। निर्माण कम्पनीले १० लाख रूपैयाँ दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरीक्षक शाहीले बताए।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रूपैयाँ क्षतिपूर्तिस्वरूप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। निर्माण कम्पनी गर्ग एन्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले शनिबार भारतको भारतको धार्चुला गई छलफल गरेको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोटक पदार्थ प्रयोग गरेर पटक पटक ज्यादती गरेको नेपाली पक्षले आपत्ति जनाएको थियो।

अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ। भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए। भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमा क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ।

शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन्। हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। दुवैजना आमाबुवासँगै जंगलबाट घर फर्किँदै थिए। बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उनले बताए।

Xtrem

Xtrem

'म श्रीमती बेरसपति, छोरा पंकज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किँदै थियौं,' महराले भने, 'एक्कासी उछिट्टिएर आएको ढुंगा लागेर छोरोको ज्यान गयो। विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैन थियो। उनीहरू (भारतीय पक्ष) ले सिठ्ठी समेत बजाएनन्।'

महरा परिवार दसैंतिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो। यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किएका थिए।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ। त्यसका लागि बेला बेलामा उनीहरूले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था भएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ।

'दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ,' प्रजिअ उपाध्यायले भने। तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उनको भनाइ छ।

'घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौं,' प्रजिअ उपाध्यायले भने।

घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवाद भएको बताइएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम असुलेको बुझिएको... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्