• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत : मधेश प्रदेश

अस्थिर जनकपुर, स्थिर चलखेल

64x64
नवीन झा शुक्रबार, कात्तिक ११, २०७९  २०:३६
1140x725

जनकपुरधाम- जाडो सुरु भएसँगै सेलाउँदै गएको जनकपुरमा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ। दशहरा, दीपावली र भाइटीकाको चटारो सकिएपछि छठको तयारीमा जुटेका जनकपुरवासीलाई चुनावको चटारो पनि त्यत्तिकै छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु टोल-टोल र घर-घर पुगिरहेका कारण यो वर्षको छठ पर्व पनि थप रमाइलो हुने देखिन्छ। पोखरीका घाटहरुमा उम्मेदवारहरु पुग्ने कार्यक्रम बन्न थालेका छन्। जसरी दशहरा र दीपावलीमा नेताहरु गाउँ-गाउँमा भएका पूजा-महोत्सवमा सहभागी भएका थिए। 

जनकपुरका चौक-चौराहादेखि बन्द कोठासम्म हुने छलफल र भेटघाटमा निर्वाचनकै चर्चा हुने गरेको देखिन्छ। बिहान र बेलुकी चोकका चिया पसलदेखि मन्दिरसम्म हुने भीडको विषय निर्वाचन र उम्मेदवार नै छन्। 

अघिल्लो पटक यहीँबाट चुनाव जितेका राजेन्द्र महतो पुन: उम्मेदवार किन बनेनन्?, कांग्रेस नेता बिमलेन्द्र निधि किन समानुपातिकतिर गए? यिनै प्रश्नको जवाफ खोजिरहेका भेटिन्छन् मतदाता।

अहिलेका उम्मेदवारहरु अनिल झा, जुली महतो, शम्भु साह, उमेश साह, सत्यनारायण साह लगायतका बारेमा चौतर्फी लेखाजोखा भइरहेको छ जनकपुरमा। 

तर, यहाँको राजनीतिलाई लामो समयदेखि नियालिरहेका व्यक्तिहरु भने जनकपुरको प्रवृत्ति अस्थिर खालको भएको विश्लेषण गर्छन्। यद्यपि, यहाँको निर्वाचनमा सधैंझैं तीन वटा पक्ष मात्र हावी हुने गरेको उनीहरुको बुझाइ छ। 

२०४६ सालपछि भएका ४ वटा प्रतिनिधि सभा निर्वाचनमा जनकपुरले हरेक पटक नयाँ अनुहार अनुमोदन गरेर पठाएको छ भने दुई पटक भएको संविधान सभा निर्वाचनमा एउटै नेता दोहोरिएको इतिहास छ।

२०४८ को निर्वाचनमा कांग्रेसका महेन्द्रनारायण निधिले जनकपुरबाट जितेका थिए भने २०५१ मा उनका छोरा बिमलेन्द्र निधि यहाँबाट निर्वाचित भए। २०५६ मा निधिलाई राप्रपाका कृष्णप्रताप मल्लले पराजित गरे। त्यसपछि निधि जनकपुरका निर्वाचित जनप्रतिनिधि बन्न सकेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

निधि २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा जिते पनि जनकपुरलाई नछुने तत्कालीन धनुषा- ३ बाट निर्वाचित भए। जनकपुर समेटिएको निर्वाचन क्षेत्रबाट संविधान सभाका दुई वटै निर्वाचनमा मधेशी पार्टीबाट उम्मेदवार बनेका सञ्जय साह निर्वाचित भए।

साहले दोस्रो कार्यकाल पूरा गर्न भने सकेनन्। २०७० को निर्वाचनमा पुन: निर्वाचित भएका साह केही  महिनामै आपराधिक गतिविधिमा मुछिएर प्रहरी खोरमा पुगे र उनको सांसद पद निलम्बित भयो। 

दुई कार्यकाल कुनै पनि जनप्रतिनिधिले पूरा गर्न नसकेको जनकपुरको स्थानीय तहमा पनि कुनै पनि मेयर दोस्रो पटक पुन: निर्वाचित भएको छैन। 

अस्थिर मनोविज्ञान 
मधेश प्रदेशको राजधानी तथा मधेश आन्दोलनको एउटा थलो भएकाले जनकपुरको निर्वाचन माहोलबारे चौतर्फी चासो देखिन्छ।

Xtrem

Xtrem

२०४६ को आन्दोलनताका नेपाली कांग्रेसका नेताहरुको मधेशको केन्द्र पनि जनकपुर नै थियो। पछि दोस्रो जनआन्दोलनदेखि मधेश आन्दोलनसम्ममा मधेशी नेताहरुको केन्द्र पनि जनकपुर नै देखिएको छ। 

 

स्थानीय जानकारहरु नेपालमा २००७, २०४६ देखि तीनै वटा मधेश आन्दोलनमा जनकपुर अग्रणी स्थानमा देखिएको बताउँछन्। ‘आन्दोलनकारी मनोविज्ञान भएका नागरिकहरु राजनीतिमा स्थिर हुनै सक्दैनन्,’  अधिवक्ता बिमल मिश्र भन्छन्, ‘यहाँका नागरिक वा मतदाता चाँडो प्रतिक्रिया जनाउने मनोविज्ञानबाट प्रभावित भएको देखिन्छ।’

त्यसका साथै जनकपुरको विगतको इतिहासले पनि कतै न कतै यहाँको मनोविज्ञान प्रभावित भएको मिश्र बताउँछन्। अहिलेको जनकपुर कुनै बेला राजा जनकको वासस्थान मात्र नभएर उनको बहस र संवादको पनि केन्द्र भएकाले यहाँका नागरिकमा प्रश्न उठाउने चलन रहेको जानकारहरु बताउँछन्। 

राजा जनकले आफ्नो समयमा जनकपुरमा तत्कालीन सामाजिक तथा राजनीतिक व्यवस्थाबारे प्रजातान्त्रिक मन्थनहरु गर्ने गरेको इतिहासमा भेटिन्छ।

२००७ को राणा शासन विरुद्धको आन्दोलनमा जनकपुरको मोर्चाबन्दीदेखि तत्कालीन राजा महेन्द्रमाथि बम फाल्ने काम त्यही विगतको इतिहासले मात्रै सम्भव भएको पनि जानकारहरु बताउँछन्। 

यद्यपि, जनकपुरमा स्थिर राजनीति हुन नसकेको पनि अहिले विश्लेषण हुन थालेको छ। स्थानीय व्यवसायी राघव साह जनकपुरका धेरै नेता राष्ट्रिय स्तरका भए पनि एक जना नेताले पनि यहाँ दश वर्ष स्थिर रुपमा जनप्रतिनिधि बनेर आफ्नो छवि बनाउन नसक्नु दुखद भएको बताउँछन्।

‘यसले हाम्रा राजनीतिक नेताहरुको छवि र स्तर झल्काउँछ,’ साह भन्छन, ‘जनकपुरको विकासमा अस्थिर राजनीति पनि बाधक रहेको मेरो बुझाइ छ।’

स्थिर चलखेल 
जनकपुरको राजनीति सधैं अस्थिर देखिनुमा निर्वाचनका बेला मुख्यगरी तीन वटा तत्व सधैं हावी हुनु हो भन्छन् यहाँका जानकारहरु। स्थानीय जातीय समीकरण, नेताको व्यक्तित्व र पैसाको प्रभावले जनकपुरको निर्वाचनमा हार-जित निर्धारण हुने गरेको जनकपुरका एक युवा अभियन्ता सरोज मिश्र बताउँछन्।

जनकपुर सहितको धनुषा- ३ मा साह र झाको बाहुल्य छ। जनकपुर बजारमा साह र झाको जातीय समीकरणका बारेमा अहिले पनि विभिन्न टिप्पणीहरु हुन थालिसकेको छ। तर यो समीकरणको अन्तिम निर्क्योल सधैंझैं निर्वाचनको अन्तिम हप्तामा मात्रै प्रष्ट हुने गरेको बताउँछन जानकारहरु।

निर्वाचन आचारसंहिताका कारण अहिले ४ मंसिरको निर्वाचनका उम्मेदवारहरु घरदैलाेमा मात्रै सीमित छन् भने आन्तरिक बैठकहरु विभिन्न तहमा बाक्लो गरी भइरहेको देखिन्छ।

 

कात्तिक १८ देखि उम्मेदवारहरुले सडकमा प्रदर्शन गर्ने शक्तिले को-कति बलियो छ भन्ने देखाउने छ भने पैसा र जातीय समीकरणको प्रभाव निर्वाचनको अन्तिम हप्तामा प्रष्ट हुने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  २०:३६
  • #चुनाव_२०७९
  • #स्थलगत : मधेश प्रदेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्