काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्यलाई तिव्रता दिएको छ।
हालसम्म समानुपातिकतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ।
त्यसैगरी आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतको ढुवानी ढुवानी सुरु गरेको छ।
आजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो।
अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गरिने, त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन्।
आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।