काठमाडौं– लिभरपुल, इन्टर मिलान र एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्।
बुधबार राति भएको समूह ‘ए’को खेलमा डच क्लब आयाक्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्लिस क्लब लिभरपुल नकआउट चरणमा प्रवेश गरेको हो।
यसै समूहमा इटालियन क्लब नापोलीले स्कटिस क्लब रेन्जर्सलाई ३–० ले हराएको छ। नापोली यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ भने अंक तालिकाको पुछारमा रहेको रेन्जर्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै, इटालियन क्लब इन्टर मिलान पनि प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ। समूह ‘सी’मा रहेको इन्टरले चेक क्लब भिक्टोरिया प्लाजनलाई ४–० को भारी अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो।
यो समूहबाट यसअघि नै दोस्रो चरणमा पुगिसकेको जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब बार्सिलोनालाई ३–० गोल अन्तरले पाखा लगाउँदै समूह विजेता बनेको छ।
बार्सिलोना भने लगातार दोस्रोपटक पहिलो चरणबाटै बाहिरिएको छ।
यसैगरी, समूह ‘बी’को खेलमा बेल्जियन च्याम्पियन क्लब ब्रुगलाई ४–० को भारी अन्तरले पराजित गर्दै पोर्चुगिज क्लब पोर्टो अन्तिम १६ मा पुगेको छ। हार ब्यहोरेको ब्रुग भने यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो।
यसै समूहमा रहेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार राति भएको जर्मन क्लब बायर लेभरकुसनसँग २–२ को बराबरी खेले पनि पोर्टोले जित निकाल्दा एट्लेटिको बाहिरिएको हो। साथै, लिभरकुसन पनि प्रतियोगिताबाट आउट भएको छ।
समूह ‘डी’मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। बुधबार राति इंग्लिस क्लब टोटनहम हटस्पर र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनले १–१ को बराबरी र जर्मन क्लब फ्रान्कफर्टले फ्रेन्च क्लब मार्सेईलाई २–१ ले हराएपछि यो समूहको भिडन्त रोचक बनेको हो। यो समूहका कुनै टोली पनि अन्तिम १६ मा पुगेका छैनन्। यसर्थ, दोस्रो चरणमा जाने सम्भावना सबैको छ।
यो समूहको शीर्ष स्थानमा रहेको टोटनहमको ८, लिस्बन र फ्रान्कफर्टको समान ७ र मार्सेईको ६ अंक छ। अन्तिम खेलमा जित निकाल्न सके तालिकाको पुछारमा रहेको मार्सेई पनि अन्तिम १६ मा पुग्न सक्छ।
चार–चारका दरले आठ समूहमा विभाजन ३२ वटै टोलीले अब एक–एक खेल्न बाँकी छ। अधिकांश समूहका लागि ती खेल निर्णायक हुनेछन्। किनकि, ती खेलहरूले अन्तिम १६ मा को जाने र समूह विजेता को बन्ने भन्ने टुंगो लगाउने छ। ती खेलहरू आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म हुनेछन्।
हालसम्म १२ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। अब ४ टोलीको मात्र टुंगो लाग्न बाँकी छ।
यी हुन् अन्तिम १६ मा स्थान बनाइसकेका १२ टोली:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।