काठमाडौं- निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। यसअघि दलहरुले पेश गरेको नामावलीमा रहेका ५५० जनाको नाम हटाएर बुधबार अन्तिम बन्दसूची प्रकाशन गरिएको हो।
प्रकाशित बन्दसूचीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार छन्। प्रदेश सभातर्फ प्रदेश १ का लागि ६१६, मधेस प्रदेशका लागि ८६३, बागमती प्रदेशका लागि ७५४, गण्डकी प्रदेशका लागि ३४४, लुम्बिनी प्रदेशका लागि ५७९, कर्णाली प्रदेशका लागि २०० र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवारहरु छन्।
आयोगले यसअघिको सूचीमा रहेकामध्ये जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो। उल्लेखित सुचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना ( कालो सुचीमा रहेका १ जना र लाभको पदमा रहेका १ जना)को नाम हटाइएको छ।
यस्तो सूचीको विवरणः
प्रतिनिधि सभा
प्रदेश १ सभा
मधेस प्रदेश सभाबागमती प्रदेश सभागण्डकी प्रदेश सभालुम्बिनी प्रदेश सभाकर्णाली प्रदेश सभासुदूरपश्चिम प्रदेश सभा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।