काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवारी दिएका ५५० जनाको नाम बन्दसूचीबाट हटाएको छ।
दलहरूले बझाएको बन्दसूचीमा स्थानीय तहमा उम्मदेवारी दिएका र खर्च विवरण नबुझाएर कारबाहीमा परेका, उमेर नपुगेका लगायतको उम्मेदवारी खारेजी भएको आयोगले बताएको छ।
’प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ,’ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।