• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर… 

64x64
प्रशान्त ओझा बुधबार, कात्तिक ९, २०७९  ०७:१९
1140x725

वन्डरफुल गाइज (पंतिकारसहितका केटाहरुको समूह)ले यस वर्षको दशैं बिदाको गन्तव्य मनाङ, तिलिचो ताल तय गरिसकेका थियौं। अघिल्लो दशैंमा अपर मुस्ताङ (नेपाल–चीन कोरला नाका) पुगेर फर्किएपछिको लामो यात्रा तिलिचोका लागि तय भएको थियो। 

८ जनामध्ये २ जनाको तिलिचो यात्रा धर्मराउँदो नै थियो, पारिवारिक कारणले। अरु भने परिवारमा हल्का म्यानेज गरेर निस्किने सुरमा थियौं। सपिङ पनि भइसकेको थियो। ट्राउजर, ज्याकेट, ट्रेकिङ सुज (जुत्ता), ट्रेकिङ पोल (लौरो) किनिसकेपछि निर्धक्कजस्तै थिए सबैजना। 

तिलिचो यात्राको रोमाञ्कतालाई कल्पिँदै मनमा अनेक लड्डु फुटिसकेका थिए, सबैका। यात्रा सुरु हुने दिन नजिकिँदा मनमा मनाङे घाम झुल्किसकेको थियो। तर, आकाश भने कालो हुँदै थियो। 

Ktm_Sky_19_Ashoj1666712274.jpg

दशैंको टीकाकै दिन काठमाडौंको आकाश बादलले भरियो। मौसमविद्‌हरु नेपालमा अझै मनसुन सक्रिय रहने भन्दै भारी वर्षाको चेतावनी दिइरहेका थिए। हामीले भने टीकाको दोस्रो दिन (असोज २० गते) काठमाडौं छाड्ने निधो गरिसकेका थियौं। 

तर, १९ गतेदेखि सुरु भएको वर्षा रोकिने छाँट थिएन। एक निमेष पानी वर्षिरहेको थियो। 

‘दादा यार, पानी रोकिने छाँटै छैन नि! कसरी जाने हो मनाङ?’ दशैंका लागि घर (बागलुङ) पुगेका प्रेम सिरीसले फोनवार्तामा गहिरो चिन्ता व्यक्त गरे। उनको जस्तै चिन्ता सबैको मनमा थियो– पानी रोकिएन भने घरबाट कसरी निस्किने? 

साथी कश्यप न्यौपाने छिनछिनमा मौसम अपडेट गरिरहेका हुन्थे, म्यासेन्जर ग्रुपमा। ‘अझै १ हप्ता आकाश खुल्दैन रे!’ मौसम पूर्वानुमान महाशाखाको लेटेस्ट बुलेटिन सेयर गर्दै २० गते बिहानै कश्यपले ग्रुपमा लेखे। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस

कोरला नाका पुगेपछि रुने नेपाली मन 

‘दादाहरु, अहिले नगएकै राम्रो। झरीबादलमा निस्किन घरकाले पनि दिँदैनन्…’ पिताजी कराएपछि दशैं नभए पनि घर (इटहरी) पुगेका राजेन्द्र पोखरेलले स्माइली इमोजीसहित ग्रुपमा लेखे। उनको भनाइ हुन्थ्यो, ‘तिलिचो यात्रा डेञ्जर छ। जान सकिँदैन।’ 

काठमाडौंबाट कश्यप र म निस्किने थियौं। नुवाकोटबाट आभास पाण्डे गल्छीमा जोडिने तय थियो। तर, गल्छी–त्रिशुली सडकखण्ड पहिरोले रोकिएपछि उनी आउने सम्भावना पनि कमजोर भयो। 

‘पानी त यता पनि रोकिएको छैन दादा, तपाईंहरु आउने हो कि के गर्ने?’ तिलिचो यात्राका लागि सबैभन्दा बढी लालायित राजन घिमिरेले म्यासेन्जरमा लेखे। दशैं मनाउन घर लमजुङ पुगेका उनी हामी काठमाडौंबाट हिँड्ने प्रतिक्षामा थिए। 

साँझ परिसक्यो। तर पानी रोकिने छाँट थिएन। 

००००

२१ गते विहान भने सूर्यको किरण झुल्कियो। काठमाडौंको आकाशमा बादल अलिक पातलो भयो, हाम्रो यात्राको सम्भावना बाक्लियो। कश्यप र म बिहान ११ बजे काठमाडौंबाट हिँड्ने सल्लाह भयो। कलंकीमा भेट्यौं दुवै जना। 

Sun_Rise_Ktm_21_Ashoj1666712282.jpg

नागढुङ्गा नाका कटेर ओरालो लाग्दा हल्का पानी वर्षियो। पानी जति नै परे पनि हामीले यात्रा भने नरोक्ने अठोट गरेका थियौं। बाइकका पाङ्ग्रा बटार्दै पृथ्वी राजमार्ग नापिरहँदा बादलले घामसँग लुकामारी खेल्दै थियो। कुहिरोको घुम्टो हट्दै गयो।  डाँडाहरु उज्यालिँदै गए। 

Open_Sky_green_Hills1666712275.jpg

बागलुङबाट प्रेम र गगन अविदित लमजुङ आउने तय थियो। उनीहरुलाई भने मौसमले साथ दिएन। दर्के झरीका बीच उनीहरुले पनि मोटरसाइकलको एक्सेलेटर बटारिसकेका थिए। साँझ ६ बजेतिर डुम्रेमा भेट्ने तय भयो। 

गल्छीबाट आभास पनि मिसिए। साँझ ६ बजे नै डुम्रे पुग्यौं। तर, प्रेम र गगन भने झरीका कारण समयमै पुग्न सकेनन्। हामीले डुम्रेमा खाजा खाएर प्रतीक्षा गर्‍यौं। तर उनीहरु आएनन्। 

यो पनि पढ्नुहोस

४० कटेपछिको ठेगाना : अष्ट्रेलियाबाट फर्किएर शिवपुरीमा 'नमूना' रिसोर्ट

‘तपाईंहरु बेसीशहर पुग्दै गर्नोस्। डुम्रेमा बस्नुभन्दा उता होटल पनि म्यानेज हुन्छ,’ फोनमार्फत् गगनले सुझाव दिए। हामी बेसीशहरतिर लाग्यौं। राजन भोटेओडारमा थिए। हामीलाई लिनभन्दै केही वरसम्म आए। 

राजनले फोनमार्फत् नै बेसीसहरको होटल टुकुचेमा गास र बासको प्रबन्ध मिलाइसकेका रहेछन्। हामी सिधै होटल टुकेचेतिरै लाग्यौं।  

Bike_Bag_1666713417.jpg

टुकुचे पुग्दा रातिको १० बजिसकेको थियो। हल्का फ्रेस हुँदै डाइनिङ हलतिर लाग्यौं। एउटा कुनामा ३–४ जना युवा तिलिचो यात्राबारे कुरा गर्दै खाना खाइरहेका थिए। ‘भोलि पनि बाटो खुलेन भने त तिलिचोको माया मारे हुन्छ जिक्री,’ खाइलाग्दो ज्यान भएका एक युवक जुठो हात लिएर टेबलबाट उठे। बेसनमा हात धोएर फर्किरहँदा कश्यपले उनलाई सोधिहाले– तपाईंहरु पनि तिलिचो जाने? 

‘खै दाइ, बाटो खुलेन भने त कसरी पुगिएला र,’ अर्का युवक टेबुलबाट बोले। 

‘बाटो बन्द छ हो?’

‘बन्द मात्रै छ र, खत्तमै छ नि! बाटो खुल्ला कि भनेर जान्छौं, खुल्दैन। फेरि फर्केर यहीँ आइपुग्छौं। ३ दिन भइसक्यो हामी यहाँ बस्न थालेको,’ उनलाई पनि आफ्नो पीडा कसलाई सुनाउँ भइरहेको थियो सायद, हामीसँग सर्लक्कै खुले। 

ती युवकले सुनाएअनुसार लमजुङकै धेरै ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध रहेछ। बेसीशहरबाट करिब २० किलोमिटर पनि गुड्न नपाउँदै मोटरसाइकल अगाडि बढाउन नसकेर फर्केर आउने गरेका रहेछन् उनीहरु। 

यो पनि पढ्नुहोस

हाइकिङ माया!

प्रेम र गगन पुग्न रातिको १२ बज्यो। उनीहरु नपुग्दै हाम्रो यात्रामा भने अनिश्चयको बादल मडारिसकेको थियो– बाटो खुलेन भने कसरी जाने? 

००००

राति ढिला सुतेका कारण बिहान उठ्दा १० बजिसकेको थियो। उठेर सर्वप्रथम मनाङ चौतारो पुग्नुपर्ने थियो हामीले। चामे–बेसीशहर चल्ने गाडी (जीप)हरु रोकिने रहेछन् त्यहाँ। 

Lamjung_WG_Selfie1666712275.jpg

बाटोको बारेमा हामीले स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय प्रशासनका अधिकारीसँग पनि बुझ्यौं। तर, अवस्थाको ताजा अपडेट भने गाडीवालाबाटै पाइने रहेछ। मनाङ चौतारोमा एक जीपवाला भेटिए। लमजुङ जिल्लामा पर्ने सडकखण्डका पहिरो हटेर बाटो खुलेको सुखद् समाचार सुनाए उनले, तर दु:खद विकल्पसहित। 

‘तपाईंहरु बाइकमा हो भने नजानोस् है। झन् यो बुलेट त भैंसी बसेजस्तै हुन्छ हिलोमा। कसरी निकाल्ने?’ राजनको रोयल इन्फिल्डतिर औंला सोझ्याउँदै उनी बोले। ‘मिलाएर लैजान्छु, गाडीमा जाउँ’ भन्ने प्रस्ताव थियो उनको। तर हामीलाई भने बाइक राइडिङको पनि मजा लिनु थियो। 

क्रमश…

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०७:१९
  • #तिलिचो
  • #यात्रा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रशान्त ओझा
लेखकबाट थप
गन्तव्य तिलिचो: २ घण्टाको बाटोमा २ दिनको यात्रा!
गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर… 
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन्दा बढी प्रभावित शुक्रबार, भदौ १९, २०८३
शुक्रबार दिनभर उद्धारमा के–के भयो ? शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप शुक्रबार, भदौ १९, २०८३
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्