• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

४० कटेपछिको ठेगाना : अष्ट्रेलियाबाट फर्किएर शिवपुरीमा 'नमूना' रिसोर्ट

64x64
राजेन्द्र पोख्रेल शनिबार, चैत १९, २०७८  ०७:२०
1140x725

बाल्यकाल जागिरे बुवासँगै देश डुलेर बित्यो। युवावस्थाको जोस विदेशको 'मोह'मा सकियो। ४० कटेपछि बल्ल ठेगाना मिलेको छ– शिवपुरी जंगलको छेउ। जहाँबाट सुरु भइसकेको छ एउटा योजना, जुन पर्यटन क्षेत्रमा 'क्रान्ति' हो उनका लागि।

भक्तपुरको ताखेल (चागुनारायण नगरपालिकामा–९) मा जन्मिएका मोहन थापा उमेरले ४३ टेकिसकेका छन्। तर, उनको योजनाले भने बल्ल किशोरावस्थाको वय समातेको छ। अब त्यही योजनालाई वयस्क बनाउन बाँकी समय खर्चिने सुरमा छन् थापा। 

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–१ (चिसापानी), शिवपुरी निकुञ्जको छेउमा 'शिवपुरी जंगल भ्यू रिसोर्ट' खोलेका छन् मोहनले। उनका लागि यो रिसोर्ट मात्रै होइन, एउटा नयाँ प्रयोग पनि हो। भन्छन्– यसलाई एग्रो रिसोर्टको रुपमा विकास गर्ने योजना छ। 

मावलीको ४० रोपनी जग्गा भाडामा लिएका उनी त्यहाँ भैँसीदेखि बंगुर पाल्ने योजनामा छन्। दुधदेखि मासुका लागि आत्मनिर्भर हुनेछ उनको रिसोर्ट। कृषिजन्य उत्पादन त हुने नै भयो! 'मैले सोचेअनुसार काम भयो भने यो नेपालकै नमूना रिसोर्ट हुनेछ,' आत्मविश्वासका साथ योजना सुनाउँछन् मोहन। 

परिवारले भक्तपुरको ताखेल छाडेर काठमाडौंको कपनमा स्थायी बास बनायो। ९ वर्षको उमेरमा कपन हिँडेका उनी त्यसपछि भने देशका धेरै ठाउँ पुगे। भन्सार विभागका जागिरे बुवाको सरुवासँगै उनको पनि बासस्थान फेरिरहन्थ्यो। पूर्वको विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म पुगे उनी, बुवासँगै। 

एसएसली पास गरेपछि विज्ञान विषयबाट प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण गरे। स्नातकमा विषय परिवर्तन गर्न मन लाग्यो। शंकरदेब क्याम्पसबाट बीबीएस सक्काए। उनले बीबीएस सकाउँदाताका विदेश पढ्न जाने लहरले रफ्तार लिएको थियो। उनीपनि त्यसैमा मिसिए, र अस्ट्रेलिया पुगे। 

पढाइसँगै आम्दानी पनि, अस्ट्रेलियामा राम्रै थियो। तर, स्वास्थ्यले साथ दिएन। दाहिने हातका ३ वटा औंला नचल्ने समस्या देखियो। चेक गराउँदा चिकित्सकले 'लिगामेन्ट'मा समस्या भएको बताए। अस्ट्रेलियाभन्दा नेपालमै कम खर्चमा उपचार हुने भएपछि नेपाल आए, बिदा मिलाएर। उपचार सकेर पुन: अस्ट्रेलिया फर्किए। तर, हातका औंलाको समस्या फेरि दोहोरियो। त्यसपछि उनी सधैंका लागि स्वदेश फर्किए। 

Ncell 2
Ncell 2
nimb
nimb
रिसोर्टबाट देखिने हिमालको दृश्य

अस्ट्रेलियाबाट फर्किएपछि ५–७ वर्ष त्यत्तिकै बिते। 'के काम गर्ने, कसरी गर्ने भनेर सोच्दासोच्दै धेरै वर्ष बिते,' मोहन सुनाउँछन्।  तर, मावलीको जग्गा मिल्ने भएपछि फाइनल डिसिजन गरे– अब 'क्रान्ति' गर्नुपर्छ। उनको बुझाइमा 'क्रान्ति' आफैंबाट, आफ्नै लागि हो।  

कोरोना भाइरसको दोस्रो लहरले आफ्नो असर बढाउँदै थियो। मोहनले भने शिवपुरी जंगलको छेउमा भाडामा लिएको जमिन खोस्रिन सुरु गरे। १ वैशाख २०७८ मा उनले शिवपुरी भ्यू रिसोर्ट सञ्चालनमा ल्याए। रिसोर्ट खुलेको २ हप्ता वितेको थिएन, लकडाउन (निषेधाज्ञा) सुरु भयो। 

सञ्चालनमै रहेका होटल, रेस्टुरेन्ट, रिसोर्टहरु पनि कोरोनाका कारण बन्द भइरहेका थिए। मोहनलाई भने कोरोनाले नयाँ सम्भावना बोकेर ल्याउँछ भन्ने लाग्यो। उनले आफ्नो कामलाई रोकेनन्। रिसोर्टका लागि आवश्यक संरचना बनाए। खेती गर्न मिल्ने जग्गामा तरकारी रोपे। विस्तारै आत्मविश्वास बढ्दै गयो।

'कुनै काम आँट्यो भने पो सफलताको कुरा हुन्छ। गर्दै गए कसो प्रतिफल नमिल्ला भनेर आँट गरियो,' मोहन भन्छन्, 'अहिलेको अवस्थासम्म आइपुग्दा आशा झन् बढेको छ, आत्मविश्वास बलियो भएको छ।'

Xtrem

Xtrem

४० रोपनी जग्गामा बंगुर, बाख्रा, कुखुरा पाल्ने योजना छ उनको। सँगै तरकारी खेती पनि गर्ने। 'यहाँ आउने मानिसले एउटा पूर्ण एग्रो लाइफको अनुभव लिउन् भन्ने मेरो अपेक्षा छ। आफ्नै बारीको तरकारी टिपेर गेस्ट (पाहुना)लाई खुवाउने हो,' आफ्नो एग्रो रिसोर्टको विशेषता सुनाउँदै मोहन भन्छन्।   

आफ्नो रिसोर्टलाई साहसिक पर्यटनको पनि 'केन्द्र' बनाउने योजना छ मोहनको। जग्गासँगै जोडिएको सार्वजनिक क्षेत्रमा चट्टानै चट्टान भएको पाखो छ। जसलाई रक क्लाइम्बिङ 'साइट' बनाउन चाहन्छन्। तर, त्यसका लागि निकुञ्जसँग अनुमति लिनुपर्ने रहेछ। 

आफूले भाडामा लिएको ४० रोपनी जग्गा घेर्ने गरी जीपलाइन बनाउने योजना पनि छ। 'भएको सबै जग्गा घेरेर जिपलाइन बनाइयो भने यहाँ आउने पाहुनाले अर्को थप अनुभव पनि लिन मिल्ला भन्ने मेरो सोच हो,' उनी भन्छन्। 

रिसोर्टको आधारभूत संरचना बनाउनमै करिब ५० लाख खर्च भइसकेको बताउँछन् मोहन। लगानी अझै बढ्नेछ। 

'उमेरले ४३ वर्ष भइयो। सक्रिय लाइफ भनेको अब २० वर्ष त हुने होला!' मोहन भन्छन्, '२० वर्षको सक्रिय जीवन अब शिवपुरीको छेउमै बिताउने हो। त्यसपछि त के–के हुन्छ हुन्छ।'

अहिले महिनामा १० देखि १५ वटा समूह पुग्छन् उनको रिसोर्टमा। शुक्रबार–शनिबार र सार्वजनिक बिदाका बेला छुट्टी मनाउन पुग्नेहरुको गन्तव्य बन्ने गरेको छ उनको रिसोर्ट। 

रिसोर्टमा आएका पाहुना टोली

पाहुना आउँदा आफू र श्रीमती खटिन्छन्। पाहुनाहरु बढी नै भए भने बाहिरबाट पनि काम गर्ने मान्छे बोलाउँछन्। 

खाना आफैं पकाउँछन्। खाना पकउनेसम्बन्धी कुनै तालिम लिएका छैनन्। तर, रिसोर्टमा पुग्ने जो–कोहीका लागि उनले पस्किने स्वाद 'अमेजिङ' लाग्छ। 

'अहिले परिवारकै सदस्यबाट काम भइरहेको छ। विस्तारै सेवाहरु बढाउँदा बाहिरबाट पनि जनशक्ति थप्नुपर्छ होला,' मोहन भन्छन्। 

मोहन थापा

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र पोख्रेल
लेखकबाट थप
हाइकिङ माया!
४० कटेपछिको ठेगाना : अष्ट्रेलियाबाट फर्किएर शिवपुरीमा 'नमूना' रिसोर्ट
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्