• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

हाइकिङ माया!

64x64
राजेन्द्र पोख्रेल शनिबार, असार ११, २०७९  १०:१२
1140x725

'कस्तो गारो नि!'
मुटुको धड्कन अगाडि हिँडिरहेका साथीको कानमा ठोक्किइरहेको भान भइरहेको बेला मधुर, तर थकित स्वर पछाडिबाट कानमा ठोक्कियो। 

६५ किलोको तौललाई थेगेर 'नाक ठोक्किने' उकालोमा जबरजस्ती अघि बढिरहेका पाइला रोक्दै पछाडि फर्कनै पर्ने भयो।

अघि लागेका सहयात्रीहरु दुई कान्ला माथि पुगिसके। उनीहरुलाई भेट्ने मेरो प्रयास फेरि असफल भएपछि उकालो उक्लिन गाह्रो मानिरहेकी अर्की यात्रीतर्फ नजर फर्काउनु पर्ने भयो। 

श्वास फुलेर स्वरयन्त्रले काम गर्छ, गर्दैन भन्ने पक्का हुन नसकेपछि मैले शरीरको आधा भाग र टाउको पछाडि फर्काएर मुस्कान दिएँ। 

उनीभन्दा पछाडि रहेकाहरु रातो माटो भएको 'वान वे' उकालोको निकै पछाडि थिए।

अब त मुटु बाहिरै निस्किए पनि निस्कियोस्!

नबोल्ने कुरै भएन!!

एउटै गन्तव्य। एउटै बाटो। एकै सोच, एकै थकान! नबोल्न मिल्यो र?

Ncell 2
Ncell 2
nimb
nimb

मनमनै गफ गरेपछि सामान्य जीउ अड्याउन मिल्ने ठाउँमा रोकिएर उनीतर्फ फर्किएर भनेँ, 'त्यही त।'

त्यति भन्न नपाउँदै स्वाँऽऽस्वाँऽऽ हुँदा हुँदै उनले कुराकानी सहितको यात्रा अघि बढाउने विचार गरिन् होला सायद! प्रश्न गरिन्।

'एक्लै आउनु भा?'

बादलबाट चुहिएर निस्किएको सूर्यको किरणले दाहिने गालामा '१०४ डिग्री फरेनहाइटको तातो' बनाइरहँदा पाइला अगाडि बढाउँदै जवाफ दिएँ, 'होइन नी! साथीहरु अगाडि पुगिसके।'

तपाईं नि एक्लै हुनुहुन्छ त? बोल्न नसक्ने अवस्थामा पनि स्वाँऽऽ गर्दै मैले भने। 

'हुनुहुन्छ। कोही अलिक अगाडि पुगिसक्नुभो, कोही पछाडि हुनुहुन्छ' उनले यति भनिरहँदा रुखको छायाँ नजिक उनी पनि अटाउने गरि अडिएँ। 

केही सेकेण्डमै उनी म बसेको स्थानमा अडिइन्।

०००
कोरोना महामारीको केही महिनापछि मानिसहरुमा त्यसको त्रास कम हुँदै गयो। काठमाडौंमै रोजीरोटीका लागि संघर्षरत् मसहितका साथीहरु हिँडडुल गर्न पाउने अवस्था बनेपछि उपत्यकाको कंक्रिट शहरबाट प्राकृतिक जंगलतर्फ अलिक बढी आकर्षित भयौं।

स्कूले जीवनपछि अध्ययनका लागि काठमाडौंको खाल्टोमा भेला भएका छुट्टाछुट्टै जिल्ला र भूगोलका साथीहरुबीचको आत्मियतालाई 'वन्डरफूल गाइज' नाम दिएर एउटा 'डुलुवा ग्याङ' बनेका छौं, हामी।

दिनभर हिँड्दा पनि बाटो नसकिने गाउँका जंगलमा दिन बिताएका हामीलाई सहरी रमझमभन्दा प्रकृतिले नै आकर्षित गर्‍यो। जसका कारण उपत्यका आसपासका अग्ला जंगली चुचुरामा पुगेर हामीले त्यसको स्वर्गीयता पान गर्ने योजना बनायौं र उद्योग, व्यापार, रोजगारी बन्द रहेको अवस्थामा हरेक दिनजसो हामीले ति डाँडाहरुमा पाइला नाप्यौं।

दुई वर्षको बीचमा हामीले काठमाडौं उपत्यकालाई पछ्यौरी ओढाएको हरेक डाँडा चढ्यौं। बिहान पहिलो प्रहरमै अघि बढेका पाइला रातमा जुनको शितलतासँगै फेरि कंक्रिट शहरमा गलेर पस्दा पनि हामीमा त्यो उर्जा घटेको थिएन/छैन। 

उपत्यकालाई छाडेर हामीले मुक्तिनाथ हुँदै चीनसँगको सीमा नाका कोरोलासम्म रोमाञ्चक यात्रा गर्‍यौं।

यो पनि पढ्नुहोस्

कोरला नाका पुगेपछि रुने नेपाली मन

 

कोरोलाबाट फर्किएपछि हामीले हेरक साता बिदाको दिन बिहानदेखि साँझ सम्मको यात्रालाई निरन्तरता दिइ नै रह्यौं। महिनाको एक दिन एक रात, दुई दिनको हाइकिङ यात्रामा निस्कने क्रममा गत साता मकवानपुरको लटाराम्भेश्वरसम्मको यात्रा तय भयो। एक अर्थमा भन्दा बिदाको दिन सहरी उकुमुकुसबाट हामीमा बाहिर निस्कने 'आदत' बनिसकेको छ, वा भनौं हामीमा हाइकिङसँगको गहिरो माया बसेको छ। 

लटाराम्भेश्वरको स्वर्गीयपन्
काठमाडौं र तराईबाट लगभग समदूरीमा पर्ने लटाराम्भेश्वर केही समययता सामाजिक सञ्जालमा चर्चामा रहेको स्थान हो। घुमन्तेको समूहमा रहेर देशका विभिन्न स्थानमा पुगेका खिम क्षेत्रीले लटाराम्भेश्वर हाइकिङको लागि उपयुक्त स्थान हुनसक्ने भन्दै प्रस्ताव गरे।

सामाजिक सञ्जालमा भेटिएका भिडियोहरु हेरेपछि हामीले त्यहाँसम्मको यात्रा गर्ने निष्कर्ष निकाल्यौं। त्यसका लागि प्रारम्भिक तथ्यांकहरु संकलन गरेपछि शनिबार बिहान ५ बजे काठमाडौंको बागबजारमा सबै भेला भएर जाने तय भयो। बागबजारमा डिजाइनिङसँग सम्बन्धित व्यवसाय गर्दै आएका साथी प्रेम शिरिष मगरले केही बेर कुराउँदा साथीहरुमा लटाराम्भेश्वर चाँडो पुग्ने हुटहुटी चर्कोसँग देखिएको थियो। 

काठमाडौंबाट करिब ५० किलोमिटरको मोटरसाइकल यात्रा र करिब तीन घण्टाको पैदलपछि त्यहाँ पुग्न सकिने जानकारी पाएका हामीहरु यात्रामा निस्कियौं। प्रशान्त ओझा-खिम क्षत्री, कश्यप न्यौपाने-राजेन्द्र पोखरेल, आभाष पाण्डे- गगन अविदित, प्रेम-प्रमोद घिमिरे सवार बाइक काठमाडौं छाड्दै ललितपुरतिर अघि बढ्दा सबैको मनमा छुट्टै उत्साह थियो। शनिबारको दिन बिहान ढिलासम्म काठमाडौं सुतिरहेको थियो। तर, हामी प्राकृतिकसँगको सामिप्यताका लागि यात्रा अघि बढाइरहेका थियौं। 

ललितपुरको सातदोबाटो, चापागाउँ, टीकाभैरव, कोटडाँडा, तीनपाने भञ्ज्याङ्ग, रातोभिर हुँदै बगुवा पुगेपछि काठमाडौंबाट बगेर गएको बागमती भेटिन्छ। बागमती कटेपछि मकवानपुर जिल्ला प्रवेश गरिन्छ जहाँबाट केही 'अफरोड' यात्र गरेपछि महादेवटार पुगिन्छ। जुन स्थान सवारी साधन पुग्ने अन्तिम बिन्दू हो। काठमाडौंबाट केही किलोमिटरको अफरोडबाहेकको सडक कालोपत्रे गरिएको रहेछ जसले यात्रालाई सहज बनाइ दियो।

महादेवटारको एक विद्यालयको प्रांगणमा बाइक पार्किङ गरेपछि पैदल यात्रा सुरु भयो। पैदल हिँड्न सहज हुने गरि साथीहरुले लुगाको व्यवस्थापन गरे। 

हिँड्न सहज हुने कपडा, बाटोमा खानका लागि आवश्यक ड्राइफुड र पानीका बोतल झोलामा बोकेर हाम्रो यात्रा सुरु भयो।

लटाराम्भेश्वर यात्रामा निस्कनु अघि हामीले महादेवटारबाट माथि 'होमस्टे' सञ्चालन गरिरहेका सानु स्याङतानसँग सम्पर्क गरेका थियौं। उनको घर महादेवटारको समथर सकिएपछि उकालो लाग्दा लटाराम्भेश्वर पुग्नु अघिको अन्तिम घर हो। माथि पुग्नेहरुको सहजताका लागि र रोजीरोटीका लागि उनले घरमा आगन्तुकहरुका लागि सकेसम्म अघाउने मेसो मिलाउने गरेका छन्। उनको घर आउनु अघिसम्म विद्यालय कटेपछि घरहरु हिँड्ने रुटको आसपास भेटिँदैन। 

विद्यालय पुग्नु अघि उनै स्याङतानलाई हामीले बाटोमा भेटेका थियौं। पाहुनाका लागि खानेकुराको व्यवस्थापन र खसी लिन हिँडेको बताएका उनले हामीलाई घरमा बस्दै भोक मेटाउँदै गर्न भने। 

घर पुग्न धेरै बेर नलाग्ने, तर अलिक उकालो भएको स्याङतानले बताइरहँदा 'हामी सबै गाउँकै हौं फटाफट पुगहाल्छौं बरु तपाईं आइहाल्नुस्' भन्दै साथी आभाषले उनलाई छिटो गर्न आग्रह गरेका थिए। 

तर,  अवस्था स्याङतानले भने जस्तो एकैछिनको थिएन, नत आभाषले भनेजस्तो फटाफट। 

०००
१० मिनेटको 'नाक ठोक्किने उकालो' यात्रा नगर्दै सबै चैत वैशाखमा लोलाएका पालुवा जस्तै बनेका थिए। ९ बजे आसपास हिँड्न सुरु गरेका हामी अन्तिम घरमा चाँडै पुग्ने र केही खाएर उकालो लाग्ने भन्दै गति अलिक बढाएकै थियौं। 

समूहमा रहेका सबैजसो गाउँमा वर्षामासको चिप्लोमा समेत एक बोरा धान बोकेर उकालो लागेर हुर्किएका थियौं। 'अहिले त सहरिया भइएछ, भर्खर हिँड्न थाल्दै यस्तो अवस्था छ!' साथी कश्यपले उकालो चढ्न सुरु गरेको केही मिनेटमै भने। हरेक हप्ता काठमाडौं आसपासका जंगल चढेका हामीले त्यस्तो उकालो फेला पारेका रहिन्छौं सायद!

संखुवासभामा जन्मे हुर्केको म अन्य साथीभन्दा पछाडि परें। नजिकै थिए नुवाकोटका साथी आभाष। 

डडेलधुराराका प्रशान्त, बागलुङका प्रेम, सिन्धुपाल्चोकका कश्यप तीन कान्ला माथि पुगिसकेका थिए। 

ज्यान छरितो भएका नुवाकोटका प्रमोद, बागलुङका खिम र गगन अझै अगाडि थिए। उनीहरुलाई बोलाउनु पर्दा चिच्याउनु पर्थ्यो, तर त्यो सामर्थ्य थिएन। 

०००
लौरो टेकेर हिँडेरहेको मलाई कम्तिमा यात्रामा साथ त मिल्यो, नयाँ साथीको। 

रुखको छायाँ नजिक मैले उनी पनि अटाउने गरि आफूलाई बिसाएको थिएँ। 

होचो कद। अनुहारको रंगमा समानता!

यात्राको समानतामा यी दुई कुरा पनि समान थिए। उकालो र हावा नचलेर गुम्म भएको वनमा हामीले आफूलाई केही आराम दिन खोज्यौं। 'जाउँ। यसरी बसियो भने त पुगिँदैन नि!' हल्का मुस्कानसहित उनले यसो भनिरहँदा उनको अनुहारमा थकान कम लक्ष्यमा पुग्ने इच्छाशक्ति बढी थियो। 

एकछिन अडिन मन भए पनि मैले 'होमा हो' मिलाएँ। 

'त्यही त, साथीहरु भेट्टाउनु पर्ने' उनी हिँडिहाल्ने पो हुन् कि भन्दै जवाफ फर्काएँ। 

उनले बसेको स्थानबाट उठ्नका लागि होला सायद, मौन बस्दै हात दिइन्!

'ओहो! कस्तो नउठौं जस्तो..' उनको नाडीमा समाउँदै म खडा भएँ। 

'कस्तो थाक्नु भाऽऽ त! मभन्दा नि धेरै' उनले यसो भनिरहँदा केही लज्जाबोध भयो। तर त्यसलाई लुकाउँदै विस्तारै जवाफ दिएँ। 'झोला साटेर बोकौं न त। म हजुरको बोक्छु। मेरो अलिक सानो छ, तपाईं यो बोक्नुस्' उनले अप्रत्याशित प्रस्ताव राखिन्। 

हामीसँगै हिँडेको १० मिनेट पनि भएको छैन। उनको आत्मियता र सहयोगीपनले यस्तो अवस्थामा आकर्षित नगराउला र?

सायद त्यतिबेला मेरो पुरुषवादी सोचले मलाई थिच्यो। 'यस्तो उकालो छ। यसमाथि यस्तो गरुङ्गो झोला कसरी बोक्न सक्छिन् केटीले' मनमनै सोचे तर भन्न मिलेन!

'होइन होइन ठिक छ अब यो त घट्दै जान्छ नि' जवाफ दिन नपाउँदै उनले प्रश्न गरिन् 'कसरी?'

केही क्षण मात्र हिँडेको मलाई फेरि रोकिने बाहना चाहिएको थियो। 

झोला बिसाएँ र पानी एक बोतल र चाउचाउ निकालेँ। 

साथीहरु पनि पानी पिउन खोजिरहेका होलान् भन्ने नलागेको होइन।

'आ! कुर्छन् नी! यहाँ परिस्थित अर्कै बनिसक्यो!' उनको हातमा पानीको बोतल दिँदै गर्दा मनमनै सोचेँ। 

उनले केही घुट्का पानी पिउँदै गर्दा मैले चाउचाउको प्याकेट फुटाएँ। दुवै जनाले पालै पालो चाउचाउ र पानी पिउँदै यात्रा अघि बढ्यो। 

एक अर्काबारे प्रश्न र जानकारी लिने क्रम चलिरह्यो। उनले मेराबारे अनगिन्ती प्रश्न गरिन्। मैले उनकाबारे। 

हामी भरखर भेटिएका थियौं र? मनमनै प्रश्न गरे।

लागिरहेको थियौं, 'वर्षौदेखि साथै छौं।'

पहिलो पटक हिँड्नु भएको हो र? हिँड्न गारो भएको अनुभव गरेर उनले सोधिन्। 

मैले काठमाडौं र कोरलाको यात्रा संक्षेपमा सुनाएपछि उनी रोमाञ्चित भइन्। 

'वाउ! तपाईंहरुत हिँडिरहनु हुने रछ। मलाईं नि लैजाने गर्नु न!' उनले अनायासै प्रस्ताव राखिन्। 

'भइहाल्छ नि! तिमीजस्तो फुर्तिलो र प्रकृतिप्रेमीलाई नलगेर हुन्छ?' मेरो जवाफ थियो। 

समस्याबारे भन्न उपयुक्त सोचिनँ मैले।

भरखर भेट भएकीलाई विच्क्याउने कुरा पनि त भएन!

'वन्डरफूल गाइज' का हरेक सदस्यसँग कुनै नयाँ सदस्य थप्ने कि नपन्ने भन्नेबारे निर्णय गर्नका लागि 'भिटो पावर' को व्यवस्था गरिएको छ। समूहमा रहेका बाहेकका नयाँ सदस्यलाई लैजानका लागि सबै सदस्यको अनिवार्य स्वीकृति चाहिने नियम हामीले बनाएका थियौं। उनलाई यसो भनेर म निराश बनाउने पक्षमा थिइन।

सानु स्याताङको घर पुग्न १ घण्टा बढी समय लाग्ने भयो। 

उनको घर पुग्नु अघि साथीहरु केही तल रुखको शितलतामा बसिरहेका थिए।

अघिअघि रहेको मैले साथी देखेपछि उनीसँगको यात्रालाई निरन्तरता दिन नमिल्ने अवस्था बन्यो। 

साथीहरु बसेको ठाउँको कुनामा छिरें। 

उनलाई बस्न आग्रह गरें। 

'तपाईंको साथी पो भेट्नु भयो, मेरा त अगाडि पुगिसके नि! बिस्तारै जाँदै गर्छु हजुरहरु आउनु न' यसो भनिरहँदा उनको अनुहारमा निराश भाव मैले स्पष्ट बुझ्न सकिरहेको थिए। 

किनकि हामी बीचको 'केमेस्ट्री' राम्रैसँग जमिरहेको थियो। 

उनी 'माथि भेटौंला नि' भन्दै अघि बढिन्। 

म संकटमा थिएँ। मन उनीसँगै गफिने थियो। साथीहरुलाई पनि त छाड्न मिलेन!

टोलीका सबै भेट भएपछि पानी र खाजा खायौं। स्याङतानको घर आउन लागेको छनक मिलेको थियो। हामी बसेको केही माथि मकैबारी देखिएको थियो। 

वनबाट निस्किएर हामीले स्थानीय लोकभाकामा केही बेर गीत गायौं। 

साथी प्रमोदले स्थायी गाए। हामीले अन्तरासहित साथ दियौं। 

हामीभन्दा पछाडि रहेकाहरु पनि गीत सुनेर रमे र भाका टिपे।
०००

जस्ताले छाएको एक पाखे घर। पाली पनि जस्ताले नै छाइएको। तीन सिँढी चढेपछि बस्न मिल्ने पिँढी। पिँढी भरी थकान मारिरहेका यात्री। धेरै फराकिलो नभएको आँगन। गुन्द्री ओछ्याएर बसेका केही बटुवा। 

सानु स्याङतानको घरमा पुग्दा थाहा भयो। लटाराम्भेश्वर पुग्ने मानिसको संख्या कम छैन। 

तर, मेरो नजर ति मानिसमा भन्दा आफैंसँग रुप रंग मिल्ने साथीको खोजीमा दौडिए। 

यहाँ रोकिइनन् कि क्या हो? मनमनै प्रश्न गरें। 

पिँढीको पहिलो नजर परेको स्थानमा उनलाई नदेखेपछि मन चिसो बन्यो। 

नजर डुलाए।

उकालोले र पसिनाले तिरिमिरी भएर होला सायद परको मान्छे चिन्न केही क्षण चाहिने अवस्था थियो मेरो। 

आगनको डिलमा रहेको धारातर्फ अघि बढ्दै गर्दा कसैले बोलायो। 

हेलो...

नजर घुमाएँ। 

निकै बेर लगाउनु भयो त? हेर्नासाथ प्रश्न आयो। 

प्रश्न गर्ने उनै थिइन्। 

हात खुट्टा धोएर शरीरको गर्मीलाई पानीले पखाल्न खोजें। 

त्यहाँबाट साथीहरुतिर जाँदै थिएँ उनले बोलाइन्। 

'गर्मी छ चिसो खानु न' कोकोको बोतल तेर्साउँदै उनले भनिन्। 

'होइन ठिक छ। साथीहरु पनि हुनुहुन्छ तपाईं लिनु न' साथीहरुले के भन्लान् भन्ने लागेर जवाफ दिएँ। 

पिउन त एकै लटमा कोकको त्यो जम्बो बोतल पिइदिउँ जस्तो नभएको होइन, तर उपयुक्त ठानिनँ। 

'लिनु न लिनु' उनले फेरि आग्रह गरिन्। 

एक घुट्को पिएँ। 

उनी साथीहरुसँगै पिँढीमा बसेकी थिइन्। 

हामी सबै तल आँगनमा थियौं। 

केही बेरपछि फेरि बोलाइन्।

उठेर उनी नजिक गएर हजुर भन्न मुख खोलेको थिएँ उनले काँटाले घोचेको एक पिस मासु मुखमा हालिदिइन्। 

बोल्ने अवस्था बनेन। 

उता साथीहरुतिर हेर्ने आँट आएन। 

चपाउनै पर्‍यो। उनले एक पिस आफूले खाइन् र फेरि अर्को पिस मेरा लागि राखिन्। मैले फेरि खानु पर्ने भयो। चम्चा आँफै समात्न खोजेँ, तर उनले आफ्नै हातले खुवाइदिइन्। 

त्यतिबेलासम्म साथीहरु एकोहोरो मलाई हेरिरहेका थिए। 

परैबाट हेर्दा देखिन्थ्यो, साथीहरु जिस्क्याउन ठिक्क परेर बसेका थिए। जिस्क्याइ हाले। 

'के हो सर? मन्दिर हिँडेको मान्छे केही नखाइ जाने भनेको मासु नै मारिदिनु भयो नि!' म नाजवाफ भएँ। हाँसे र टारें। 

सबै साथीहरु भोकाएकोले केही खाएरै जाने निष्कर्ष निस्कियो। 

स्याङतानको घरले नधान्ने पाहुना थिए। खाने कुराका लागि किचेनमा आफैं जानु पर्ने भयो। साथीहरु गए। 

उनले फेरि बोलाइन्। घरबाटै उनले खानेकुरा बनाएर ल्याएकी रहिछिन्। 

मासु, चिउरा, फलफूल। उनले गोलो पारेर काटेको काँक्रो फेरि मुखमा ल्याइन्। समात्न खोजें। 

'आँ गर्नुस् न' उनले यस्तो भनिरहँदा मैले नकार्ने कुरै भएन। 

साथीहरुलाई छाडेर मैले उनीसँग केहीबेर गफ गरे। 

'तिमी बस हामीसँगै जाउँला उकालो' मेरो प्रस्तावमा उनले भनिनन्, 'हजुरहहरु भरखर आउनु भएको छ। अब हामी त निसक्ने बेला भयो नि!' 

नरमाइलो लाग्यो। 

सँगै जान पाए हुने जस्तो लागेको थियो, तर मिलेन। 

'हुन्छ जाँदै गर्नु हामी पनि आइहाल्ने हो' यति भनेर म फेरि साथीहरुसँग मिसिए।

उनी कतिबेला हिँड्छिन् भन्नेमा हाम्रो ध्यान केन्द्रित थियो। 

हात हल्लाउँदै उनी निस्किइन्। 

साथीहरुले खानपान गरे। गीत गाउने नाच्ने लगायको काम हाम्रो हाइकिङको एउटा पाटो नै भइसकेको छ। हतार हामीलाई कहिल्यै हुँदैन। 

सानु स्याङतानको घरबाट अघि बढेपछि पहिलाको भन्दा केही सहज उकालो बाटो रहेछ।

हामीले चार बोतल पानी बोकेका थियौं। आधा बाटो नपुग्दै सकियो। 

वनको बाटो पानीका मुहान भै हाल्छ भन्ने हाम्रो सोचलाई त्यहाँको भूगोलले माथ खुवाइदियो। बाटोमा एक थोपा पानीको स्रोत भेटिएन। माथिबाट झरिरहेका मानिसहरुसँग हामीले पानी माग्यौं। 

हाइकिङ गएको ठाउँमा यति धेरै मानिस हामीले पहिलोपटक देखेका थियौं। जुलुस आएको जस्तो। वनभरि मान्छे नै मान्छे। कोही तलतिर झरिरहेका, कोही माथि चढिरहेका।

'मन्दिर पुग्न अब आधा घण्टा पनि लाग्दैन' माथि पुगेर फर्किएका सिन्धुपाल्चोकका जटिल श्रेष्ठले बताइरँदा उनको टोलीभन्दा ठूलै टोली झरिहरेको थियो। 

साँघुरो वान वे बाटो। लाइनै मानिस। त्यही भिडमा उनी पनि रहिछिन्। माथितिर अनुहार फर्काउँदा उनीसँग नजर जुध्यो। 

'ला! फर्किसकेको?' माथि पुगिवरी फर्किएकी उनलाई सोधें। 

'अनि! कस्तो ढिला गर्नुभा!'

उनले यसो भनिरहँदा उनीभन्दा पछाडी मानिसहरुको लाइन लागिसकेको थियो भने मेरो पछाडिको अवस्था नि उस्तै थियो। 

'यसरी रोकिएर गफ त गर्न मिल्दैन नि!' कसैको आवाज सुनियो। रिसले टाउको टिनिनि भएको थियो। तर, के गर्नु!

'हस् जानुस् राम्रोसँग' उनले यसो भनिरहँदा अनुहारको खुसी हराएको थियो रे दुवै जनाको। पछि प्रशान्तले भनिरहेका थिए। 

'अँ यार ! मजा भएन!' निराशा प्रकट गरिरहँदा प्रेमले सोधे, ' नाम, मोबाइल नम्बर होला, उता गएपछि कुरा गरे भै गो त।'

ला ! बर्बाद!! धेरै कुराहरु भए। काम, बसाईं, जीवन, भोगाइ तर नाम चाँहि सोधिएन छ। 

लागिरहेको थियो, हामी वर्षौं पहिलेका साथी, धेरै पछि भेटेर पुन: आत्मिय भएका छौं, तर भ्रम रहेछ। 

०००
नाम र नम्बर नभएको दु:खका बीच हामी गन्तव्यमा पुग्यौं। चुचुरोमा पुगेपछि भिरालो सिँढीमा लगाइएको रेलिङ समातेर उकालो र ओरालो यात्रा गरिरहेकाहरुलाई हेर्‍यौं। 

'आहा! कस्तो खत्रा!' सबैले एकपटक भन्थे। 

माछाको ढाड जस्तो माथिल्लो चुच्चोमा एक जनामात्र हिँड्न मिल्ने डब्ल्यू आकारको डाँडा। लाग्थो सायद स्वर्ग यस्तै हुन्छ। छिनमै बादलले सबै ढाक्ने र क्षणमै खुल्ने यो स्वर्गीयतामा बस्दा नम्बर र नाम सोध्न भुलेको स्मरण हुने कुरै भएन। 

सधैं बसिरहुँ लाग्ने ठाउँ, तर के गर्नु बस्ने ठाउँ थिएन। न त हामीसँग पानी नै बाँकी थियो। 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र पोख्रेल
लेखकबाट थप
हाइकिङ माया!
४० कटेपछिको ठेगाना : अष्ट्रेलियाबाट फर्किएर शिवपुरीमा 'नमूना' रिसोर्ट
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्