• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गन्तव्य तिलिचो: २ घण्टाको बाटोमा २ दिनको यात्रा!

64x64
प्रशान्त ओझा शनिबार, कात्तिक २६, २०७९  ०७:१०
1140x725

अघिल्लो भागबाट क्रमश... 

यात्रा स्वतन्त्र हुनुपर्ने नि! तर बीचमा आइलाग्ने यस्तै गाडीवालाहरुबाट सुनिने विकल्पले भने तनावै दिने कहिलेकाहीँ। बेसीशहरमा त्यस्तै भयो। 

होटल टुकुचेमा भेटिएको टोली बिहानै हिँडिसकेको रहेछ! ‘जहाँसम्म पुगिन्छ पुग्ने हो, नसके फर्किने हो भनेर हिँड्नुभयो नि ती भाइहरु त!’ होटल टुकुचेकी दिदीले सुनाइन्। 

हामी भने के गर्ने भन्नेमा यकिन हुन सकेका थिएनौं। बेसीशरबाटै फर्किने कि जहाँ पुगिन्छ त्यहाँसम्म जाने भनेर मनाङका लागि अगाडि बढ्ने? 

कश्यपले बीचमै अर्को विकल्प थपे, ‘मर्दीतिर हानिदिउँ न त दादाहरु, माथि बाटो खुलेको छैन भने।’ वर्षाले बिदाको घुमाइ नै प्रभावित हुने जोखिम बढेपछि दशैंको दोस्रो दिन प्रेमले मर्दी हिमालको बेसक्याम्प ट्रेकको प्रस्ताव राखेका थिए। कश्यपले त्यही कुरा दोहोर्‍याए। आभास पनि कश्यपको प्रस्तावप्रति सकारात्मक देखिए।

गगन भने फरक सुनिए– तिलिचो जाने भनेर आएपछि बेसीशहरबाटै फिर्ता हुन त कहाँ पाइन्छ दादा? जहाँसम्म पुगिन्छ जाने हो।

जाने भनेर आएसी जाने नि दादा! जहाँसम्म पुगिन्छ अगाडि जाने हो नि। फर्किन मिल्छ र भन्या? राजन पनि गगनको बोलीमा बलियो समर्थक बने। 

Manang_Toor_and_81668185544.jpg

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंबाट हिँड्दा नै स्थानीय तहका जनप्रतिनिधि, पालिकाका कर्मचारी, स्थानीय प्रशासन र प्रहरी अधिकारीसँग हामीले बाटोको अपडेट लिइरहेका हुन्थ्यौं। बेसीशहरमा निद्रा खुल्दा नै मनाङको नासो गाउँपालिका–१ का वडासचिव चेतमान श्रेष्ठलाई फोन गरेको थिएँ। त्यतिबेला फोन रिसिभ नगरेका उनले हाम्रो वादविवाद चलिरहेका बेला ‘कलब्याक’ गरे। 

‘तपाईंहरु कहाँ पुग्नुभयो?’ फोन रिसिभ हुनेवित्तिकै उनले सोधे। 

बेसीशहरमै छौं नि। त्यता बिग्रेको बाटो खुल्न त अझै समय लाग्छ भन्ने कुरा पो सुनियो…। 

हैन खुल्न थालिसक्यो नि। तपाईंहरु ताल (मनाङको ताल गाउँ) सम्म पुग्नलाई भने बाटो क्लियर छ। माथि पनि खोल्नलाई मेसिन पुगिसकेको छ।

तिलिचोको माया मारेर, मर्दी हानिनेबारे छलफल चलिरहेको बेला उनको कुराले नयाँ रक्तसञ्चार भयो। सबैको मनमा आशाको किरण झुल्कियो। 

घाम चर्केर बेसीशहरको माहोल उकुसमुकस थियो। जतिसक्यो छिटो यहाँबाट हिँड्न पाए हुन्थ्यो भन्नेमा थिए सबैजना। 

‘मेरो त बाइकको क्लच प्लेट गएजस्तो छ नि! तान्दै तान्दैन,’ माहोल अलिकति पोजेटिभ हुन पाएको थिएन, कश्यपले फेरि निराशा थपे। 

घरायसी कारणले तिलिचो यात्रामा छुटेका लोकराज शर्माले हामीसँगको यात्राका लागि भने आफ्नो मोटरसाइकल पठाएका थिए। काठमाडौंदेखि बेसीशहरसम्म लोकको बाइक कश्यपले चलाएका थिए। बाइकको पिकअप कम भएको महसुस भएपछि उनलाई क्लच प्लेट ड्यामेज भएको लागेछ। वर्कशपमा लैजाँदा पक्का भयो, क्लच प्लेट अन्तिम अवस्थामा रहेछ। 

जति छिटो छाड्न खोजे पनि बेसीशहरमा फेरि केही समयका लागि रोकिनुपर्ने भयो। वर्कशपमा क्लच प्लेट फेरियो। 

००००

बेशीसहरबाट निस्किदा दिउँसोको २:३० बजिसकेको थियो। २ वटा बाइकमा झोला र अन्य २ बाइकमा २ जना (गगन र प्रेम) पिलियन राइडर भए। 

 

यात्रा जति अगाडि बढ्थ्यो मनमा उत्कुतासँगै डर पनि एकसाथ प्रकट हुन्थ्यो– अगाडि बाटो कस्तो होला?!
 
Manang_Toor_and_71668185583.jpg
बीचबीचमा नासो गाउँपालिका–१ का वडासचिव श्रेष्ठसँग फोनमा कुरा भइरहन्थ्यो। दशैंको बिदा मान्न घर पुगेका उनी आफ्ना अन्य सहकर्मी र चिनेजानेका व्यक्तिलाई फोन गरेर बाटोको अपडेट गराइरहन्थे। हरेक कुराकानीमा उनी सकारात्मक पक्षलाई जोड दिन्थे। 

‘तपाईंहरु विस्तारै आउनोस्, अहिल्यै माथि (तिलिचो) पुगेपनि त्यहाँ वेट (प्रतीक्षा) गर्नुपर्छ। हिमपातका कारण बाटो नै खुलेको छैन रे,’ उनको भनाइ हुन्थ्यो। 

उनीसँग फोनमा कुरा भएपछि बाटोमा हाम्रो रेस्ट हुन्थ्यो। ‘विस्तारै जाउँ न। बाटो खुलेर खाङसार (तिलिचो रुटका लागि गाडीहरु पुग्ने अन्तिम ठाउँ) पुगे पनि बाक्लो हिउँ परेकाले जान सकिँदैन। माथि पुगेर रोकिनुभन्दा यतैबाट विस्तारै जाने,’ हामी आपसमा यस्तै निष्कर्ष निकाल्थ्यौं। 

Manang_Toor_and_41668185610.jpg

बाटोमा ठूलो अवरोध त थिएन, तर पहिरो पन्छाएको ठाउँमा भने सकस नै पर्‍यो। हिलाम्य बाटो छिचोल्दै साँझ ६:३० बजेतिर सिरीचौर पुग्यौँ। बेसीशहरदेखि सिरीचौर पुग्न ४ घण्टा लाग्यो। बाटोको अवस्था राम्रो हुन्थ्यो भने डेढ घण्टा पनि नलगाइ त्यहाँ पुगिँदो रहेछ। 

सानो खोल्सी तरेपछि बाटोको छेउमा एउटा होटल देखियो, बुमर्‍याङ गेस्ट हाउस।  होटल देखेपछि साथीहरुले बाइकको एक्सलेटर बटार्ने मनसाय देखाएनन्। 

प्रेम हतार हतार भित्र छिरे। तल र माथि गरेर उनले २ वटा कोठा बासका लागि फिक्स गरे। 

‘साइड लगाउनोस् दादा, आजको बास यतै हो,’ होटलको कोठा फिक्स गरेका प्रेम सुनिए। हामीले होटल अगाडि, सडक छेउमै बाइक पार्क गर्‍यौं। 

होटल सञ्चालक पूर्णबहादुर गुरुङ हामीसँग गफ गर्न सडकमै आइपुगे। विदेशी पाहुना समेत भएकाले ‘गाह्रो अप्ठेरो सहनुपर्ने’ उनको भनाइ थियो। हामीले उनको प्रस्ताव सहजै स्वीकार गर्‍यौं।    

जिन्दगीको सक्रिय उमेर शिक्षण पेसामा बिताएका पूर्णबहादुर पछिल्ला ३ वर्षयता भने त्यही होटलमा केन्द्रित रहेछन्। होटल खोलेको भने १२ वर्ष पुगिसकेको रहेछ। 

Manang_Toor_and_61668185673.jpg

ट्रेकिङका लागि पहिलेदेखि नै चर्चित अन्नपूर्ण क्षेत्र घुम्न आउने विदेशीका दु:ख देखेर होटल खोलेको सुनाए पूर्णबहादुरले। 

‘त्यतिबेला विदेशीहरु ट्रेक गर्दै आउँथे। गाडी चल्ने बाटो पनि थिएन। सिरीचौरमा साँझ परेपछि बस्ने ठाउँ नहुने। उनीहरुले तिमीहरु होटल खोल भन्थे। हो कि जस्तो लागेर यो व्यवसाय सुरु गरियो,’ पूर्णबहादुरले सुनाए। 

पूर्णबहादुरसँग गफ गर्दागर्दै एकजना विदेशी ट्रेकर हामीसँग मिसिए। नेपाल घुम्नलाई जर्मनीदेखि आएका उनी सुरुमा थोराङ्ला पास पुग्ने भनेर हिँडेका रहेछन्। तर भारी वर्षा र जताततै पहिरो गएको देखेर थोराङ्ला पासको यात्रा रोकेछन्। 

‘अब एबीसी (अन्नपूर्ण आधार शिविर) जाने भनेर फर्कियौं,’ उनले सुनाए। 

०००

राति सुत्दा बिहान झिसमिसेमै बाटो लाग्ने भनेका हामी उठ्दा भने ७ बजिसकेको थियो। नित्यकर्म गरेर बिहानी खाजा खाँदासम्म ९ बज्यो। 

माथि सडकको अवस्था बुझ्न नासो गाउँपालिका–१ का वडासचिव श्रेष्ठलाई फोन गरेँ। तर उनको फोन अफ भएको संकेत आयो। 

Manang_Toor_and_51668185701.jpg

होटल सञ्चालक पूर्णबहादुरले नै माथि बाटोको अवस्था बुझ्नथाले। एक/दुई ठाउँ फोन गरेपछि उनले सुनाए, ‘तपाईंहरु आज ताल गाउँसम्म पुग्नुहुन्छ। त्यहाँभन्दा माथि पहिरोले जान नमिल्ने अवस्था छ रे।’ 

अगाडि जान नमिल्ने ठाउँबाट फर्किने भनेर हिँडेका हामीले तालसम्मै भए पनि पुगौं भनेर सिरीचौर छाड्यौं।

गन्तव्य पुग्ने/नपुग्ने निश्चित नभएपछि रमाउने त यात्रामा नै हो! हामी पनि बाटोमा रोकिँदै रोकिँदै अगाडि बढ्यौं।

बाटोमा रोकिनुको अर्को कारण हुन्थ्यो– फोटो/भिडिओ खिच्ने। कसले राम्रो लोकेशनमा भिडियो खिच्ने र टिकटकमा राखेर बढी भ्यूज पाउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो। कश्यप, आभास र प्रेम टिकटकका ‘क्रेजी’ नै भइहाले। सानो झरना देख्यो कि बाइकबाट झरेर भिडियो खिच्न लगाइहाल्थे प्रेम। त्यसपछि कश्यप र आभास पनि रोकिने कुरै भएन। 

‘कति भिडिओ खिचेको यार दादाहरु, माथि यहाँभन्दा ठूला झरना छन् रे। यी त खोल्सी हुन्,’ ३ जनाको भिडियो खिचेर हैरान भएपछि आक्रोश मिश्रित भावमा गगन सुनिन्थे। 

Manang_Toor_and_91668185727.jpg

‘दादा यता बबाल छ। याँ हेर्नोस् त,’ राजन बीच्‌बीचमा अरुको ध्यान आफूतिर तान्थे र एक–दुई फोटो खिचाइहाल्थे। राजन पनि भिडियो खिच्न नचाहने होइनन्, तर उनीतिर क्यामेराफोनको लेन्स होल्ड हुन नपाउँदै अरु प्रकट भइहाल्थे। 

‘मेरो त भिडियो खिच्नै मान्दैनन् यार दादाहरु। के गर्‍या हो यस्तो,’ सबैभन्दा बढीपटक क्यामेरा अगाडि उभिएर पनि कश्यपको गुनासो यस्तै सुनिन्थ्यो। ‘काँ यार दादा! ल यहाँ हेर्नोस् सबैभन्दा बढी भिडियो तपाईंकै छ,’ आभास प्रतिवादमा उत्रिन्थे।    

०००

सिरीचौरदेखि तालसम्म जम्मा १२ किलोमिटरको दूरी पार गर्न ५ घण्टा नै लाग्यो। बेसीशहरबाट तालको दूरी जम्मा ३६ किलोमिटर रहेछ। गाडी वा बाइकमा २ घण्टामै पार गर्न सकिने बाटोमा हामीले भने २ दिन लगायौं। 

बाटोमा हरेक अप्ठेरा जंघार तरेपछि हुने रेस्ट र फोटो(भिडियो)ग्राफीले समय कटेको पत्तो नहुने। त्यसमाथि सडक राम्ररी क्लियर हुन अझै समय लाग्ने भन्ने सुनेर हामीलाई हतार थिएन। 

Manang_Toor_and_11668185863.jpg

यात्रामा जारी अनिश्चय ताल पुगेपछि भने झन् बढ्यो। बाइकमा आएकाहरु धेरैजना फर्किरहेका थिए। ‘माथि सडक छैन। हिँडेर जाँदा पनि घुँडासम्म पुग्ने हिलो छ,’ अस्थायी प्रहरी पोस्ट तालमा भेटिएका एक राइडरले सुनाए। 

उनका अनुसार तालभन्दा १ किलोमिटर अगाडि पहिरोले पूरै सडक अवरुद्ध रहेछ। पहिरो खुल्ने पनि सम्भावना कम रहेको सुनाए उनले। ‘बाटो खोल्न आएको जेसीबी नै हिलोमा भासिएर अगाडि बढ्न नसक्ने भएको छ। एक–दुई दिनमा बाटो खुल्ने छाँट छैन,’ हाम्रो यात्रामा झन् निराशा थपिनेगरी उनी बोले। 
  
प्रहरीलाई बुझ्दा पनि त्यही जवाफ आयो। जिल्ला प्रहरी कार्यालय मनाङ (चामे)मा कार्यरत केही प्रहरी कर्मचारी पनि भेटिए। दशैं बिदामा घर गएका उनीहरु काममा फर्किन लागेका रहेछन्। 

‘हामी त हिँडेर जाने भयौं। आजै चामे त पुगिँदैन होला। बीचमा बास बसेर भोलि पुग्छौं होला,’ तीमध्येका एकजनाले सुनाए। 

अस्थायी प्रहरी पोस्टमा कार्यरत १ प्रहरी जवानले हामीलाई त्यो रात ताल गाउँमै बस्न सुझाए। 

मर्स्याङ्दी नदीको किनारमा रहेको ताल गाउँ रमणीय नै देखियो। शिरानबाट खसिरहेका दुई झर्नाले गाउँको सुन्दरतामा सुगन्ध थपेका छन्। 

बाइकको ह्यान्डिल मोडेर हामी ताल गाउँतर्फ सोझियौं। सडक छेउको प्रहरी पोस्टमा भेटिएका प्रहरी जवानले हामीलाई एउटा होटलको नम्बर र नाम दिएका थिए। प्रहरी चौकी नजिकै छ, बसाइ सुरक्षित पनि हुन्छ भन्ने उनको सुझाव थियो। 

नासोँ गाउँपालिका वडा नम्बर १ मा पर्ने ताल गाउँ १ वर्ष अगाडि (२०७८ असार)को बाढीले भने तहसनहस नै भएको रहेछ। मर्स्याङ्दीमा आएको बाढीले पूरै गाउँ नै विस्थापित भएको थियो। बाढीले थुपारिदिएको हिलो पन्छाएर गाउँलेहरु पुन: बस्न सुरु गरेका रहेछन्। 

शिरानीबाट झरिरहेका झरनाको भाइब्स लिन हामी गाउँ नपसी सिधै माथि लाग्यौं। गाउँको किनारमा, एउटा फुटबल मैदान रहेछ। जहाँबाट दुवै झरनाको आनन्द लिन मिल्ने। 

Manang_Toor_and_21668185902.jpg

हामीले फुटबल मैदानमै बाइक रोक्यौं। साथमा बोकेको खाजा खाइवरी भ्याउँदा केही घण्टा त्यहीँ बित्यो। साँझ पर्दा मात्रै बासको खोजी गर्दै बस्ती पस्यौं। 

ताल ‘गाउँ’ भनिए पनि बसोबासका लागि होटल भने प्रशस्तै। जता बसेपनि हुने। हामी भने सबैभन्दा पुछारको होटल नर्लिङमा बास बस्ने भइयो। 

क्रमश…   


 

गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर… 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ०७:१०
  • #तिलिचो
  • #यात्रा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रशान्त ओझा
लेखकबाट थप
गन्तव्य तिलिचो: २ घण्टाको बाटोमा २ दिनको यात्रा!
गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर… 
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ? शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
कांग्रेसको विधान संशोधनमा युवादेखि डिजिटल सदस्यतासम्मका प्रस्ताव(पूर्णपाठ) शनिबार, साउन ३०, २०८३
सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु शनिबार, साउन ३०, २०८३
निर्वाचनमा पराजित भएको पाँच महिनापछि पहिलोपटक झापा पुगे ओली शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्