• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गौँडो कुरेर गरिएको थियो फूलमायाको हत्या

64x64
रासस आइतबार, कात्तिक ६, २०७९  २०:३१
1140x725

बलेवा- बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला परिन्। उनी बागलुङ-पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेश घुम्तीमाथि मृत फेला परेकी थिइन्।

परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो। हतारहतार परिवारले अस्पताल पुर्‍यायो तर उनको मृत्यु भइसकेको थियो।

सधैँ समयमै घरमा आउने फूलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। मजदूरी गरेर खाने फूलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्थिन्। ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उनको मोबाइल बन्द भयो।

त्यसपछि खोजी थालेको परिवारले उनी सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो। शव अस्पताल पुर्‍याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल गर्‍यो।  

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो। अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का गर्‍यो र सुरु भयो अनुसन्धान। गत असोज २९ गते प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोलीसहितले अनुसन्धान थाल्यो। 

'उहाँहरूले अस्पताल पुर्याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल गर्‍यौं र खोजी सुरु भयो', थापा भन्छन्, 'मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो।' 

बाङ्गेचौर खेलमैदान नजिकै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो। तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फूलमायाको हत्या भएको थियो।

प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५:५२ मा भएको हो। एक साता लामो अनुसन्धानपश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ। घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए। 

Ncell 2
Ncell 2
nimb
nimb

'फूलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान गर्‍यौं, सोधीखोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो', थापाले भने, 'अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे।' प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ।

'प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थलभन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ', प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्छन्, 'दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ।'

अभियुक्तले प्रहरीलाई दिएको बयानअनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन्। बागलुङ बजारमा मजदूरी गरेर फर्किएकी फूलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताए।

अभियुक्त पनि मजदूरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन्। 'उसले पहिले फूलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ', ज्ञवाली भन्छन्, 'आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन्। छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फूलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन्। 

योगीले फूलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए। ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन। हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पललगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए।

मृतक फूलमायाका स-साना तीन छोराछोरी र श्रीमान् छन्। अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन्। योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्