काठमाडौं – वर्तमान महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन सकिएको छ।
एक साताअघि १६ अक्टोबरबाट राजधानी बेइजिङमा सुरु भएको उक्त अधिवेशनबाट सीले तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निरन्तरता पाएका हुन्।
यस्तै, यो महाधिवेशनबाट सीपीसीका २०५ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन्। यद्यपि, १९ औं महाधिवेशनबाट शक्तिशाली पोलिटब्युरो कमिटीमा रहेका तत्कालीन प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने नयाँ कमिटीमा समावेश गरिएको छैन।
सीपीसीको नयाँ केन्द्रीय कमिटीमा ११ जना मात्रै महिला रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।