काठमाडौं – स्थानीय तह निर्वाचन ०७९ मा उम्मेदवार भइ निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले शनिबार सार्वजिनिक विदाका दिन पनि खर्च विवरण बुझाउनसक्ने भएका छन् ।
निर्वाचन आयोगको भदौ ३१ को निर्णयअनुसार उनीहरूले विदाको दिन पनि खर्च विवरण बुझाउन सक्ने भएका हुन्।
कात्तिक ५ गते शनिबार सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराएको आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
‘निर्वाचन आयोग ऐन ०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा सो तोकिएका उम्मेदवारहरूको नाम ०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरूले कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी कायम राखिने छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।