काठमाडौं– लजको कोठामा बसेका ग्राहकको गोप्य रुपमा ‘अश्लिल भिडिओ’ रेकर्ड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ घर भइ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो एण्ड क्याफेमा म्यानेजर पदमा कार्यरत ४२ वर्षीय मुकेश माली छन्।
कात्तिक २ गते अन्दाजी दिउँसो २ बजेतिर उक्त लजमा आएका पाहुनाहरुको उनले गोप्य रुपमा अश्लिल भिडिओ रेकर्ड गरेकाे बताइएको छ ।
भिडिओ रेकर्ड गरेको भन्ने सूचना आएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको मोबाइल फोन नियन्त्रणमा लिएर चेक गर्दा अश्लिल भिडिओ फेला परेपछि उनलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।