काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार चाँदीको मूल्य भने यथावत् रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य भने शुक्रबार पनि बिहीबारकै दर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।