काठमाडौं– सर्वोच्च अदालतमा कात्तिक ६ गतेका लागि नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने भएको छ।
सर्वोच्च अदालत तथा उच्च अदालतको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा कार्यक्रम तय भएकाले कात्तिक ६ गते नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च प्रशासनले जनाएको छ।
सर्वोच्च प्रशासनका अनुसार उक्त दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ गर्ने बाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ स्थगित हुनेछ।
कात्तिक ५ र ६ गते काठमाडौं हुने तय भएको वार्षिक कार्ययोजनाको प्रगति समीक्षा कार्यक्रममा सर्वोच्च अदालतका सबै न्यायाधीश र उच्च अदालतका मुख्य न्यायाधीशहरु सहभागी हुने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।