पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ। एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै आर्मीको टिम च्याम्पियन बनेको हो।
आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो। शसस्त्र प्रहरी बल एपीएफले १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो। नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जिति तेस्रो र बागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो।
लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य पदक र गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ। कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत तथा सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।