• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पेट्रोलको मूल्यवृद्धिको विरोधमा विश्वका ९० देशमा विरोध प्रदर्शन, नेपालको अवस्था कस्तो छ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  ०६:४१
1140x725

काठमाडौं– बढ्दो मूल्यवृद्धिका कारण विश्वभर जनजीवन प्रभावित भएको छ। खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा धेरै देशका जनता सडकमा उत्रिएका छन्।

बढ्दो इन्धनको मूल्यले हाम्रो दैनिक जीवनलाई धेरै तरिकामा असर गरिरहेको छ। मालबाहकदेखि निजी यातायातसम्मलाई इन्धनको मूल्यले प्रभाव पारेको छ। जसका कारण खाद्यान्नको खर्च, बिजुलीको बिल र घरलाई एसीको खर्चसमेत बढेको छ।

यसरी मुल्यवृद्धि भएपछि संसारभरमा आन्दोलन सुरु भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै सर्वासाधारण आन्दोलन गरिरहेका छन्।

अधिकांश देशमा इन्धनको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् भने केही देशमा सरकारमाथि नै हमला भएको छ। 

इन्धनको मूल्य कम गराउने आन्दोलनमा धेरै ठाउँका मानिसहरुले ठूलो मूल्य चुकाउनुपरेको छ। गत अगस्ट १० मा अफ्रिकाको सानो देश सिएरालियोनकी १६ वर्षीया खदिजा बाह घरको ढोकामा उभिएकी थिइन्। अचानक उनलाई गोली लाग्यो। उनी घरको ढोकामा उभिएर केही दिनदेखि केही मिटर टाढाको उग्र भीडलाई हेर्दै आएकी थिइन्। उक्त भीड इन्धनको मूल्य घटाउन माग गर्दै आन्दोलनमा थिए। आन्दोलनले हिंसात्मक रुप लियो। 

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक्कासी खादिजालाई गोली लागेको थियो। त्यहि गोलीका कारण उनको मृत्यु भयो। 

ठूलो भएपछि नर्स बन्ने सपना बोकेकी छोरीको आन्दोलनको चपेटामा परेर मृत्यु भएको कुरा खादिजाकी आमा मारिया सेसेलाइ अझै विश्वास नभएको बताउँछिन्। 

मारिया भन्छिन्, ‘मैले धेरै दुख गरेर हुर्काएकी छोरीको मृत्युले धेरै दुःखी भएको छु। त्यो घटना मेरो लागि निकै पीडादायी अवस्था हो।’

Ncell 2
Ncell 2
nimb
nimb

petrol 11666244299.jpg

खादिजाकी आमा मारिया  र बुबा अब्दुल 

इन्धनको लागि ‘युद्ध’
सियरालियोनमा भएको प्रदर्शनले निकै हिंसात्मक रुप लिएको छ। तर, यसवर्ष अगस्टमा त्यहाँ २५ जनाको मृत्यु भएको छ। जसमा पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको छ। देशको राजधानी फ्रिटाउनमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

पेट्रोल र डिजेलको मूल्यवृद्धिले सामान ढुवानीमा मात्रै असर गरेको छैन, त्यसले ढुवानी महँगो हुनुका साथै खाद्यवस्तुको मूल्य पनि बढेको छ।

सियरालियोनमा इन्धनको मूल्य मार्चदेखि यता दोब्बर भएको छ। जसका कारण खाद्यवस्तुको मूल्य ह्वात्तै बढेको छ।अन्ततः हिंसात्मक प्रदर्शन रोक्न सरकारले पूरै सहरमा कर्फ्यू लगाउनुपरेको थियो। इन्टरनेट सेवा पनि सीमित मात्रै दिएको थियो।

 

सियरालियोनका राष्ट्रपति जुलियस माडा बोयोले उक्त प्रदर्शन आफूलाई सत्ताबाट हटाउनका लागि गरिएको आरोप लगाएका छन्। तर, प्रदर्शनकारीहरूले भने आफूहरु मुद्रास्फीतिको विरुद्ध सडकमा उत्रिएको बताएका छन्। उक्त देशमा मात्रै हैन मुद्रास्फीतिको सामना विश्वका अन्य धेरै देशले गरिरहेका छन्। यस्तै द्वन्द्व संसारका अन्य धेरै ठाउँहरूमा पनि भइरहेको छ।

petrol 31666244299.jpg

कोलम्बोमा भएको हिंसात्मक प्रदर्शन

पेट्रोलको विश्वव्यापी संकट
सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाले संसारभरी विरोध प्रदर्शनहरूमा तथ्यांक संकलन गर्दै आएको छ। 
यसले तथ्यांकको विश्लेषण गरेर यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ९० भन्दा बढी देशमा खाद्यान्न र इन्धनको मूल्यलाई लिएर प्रदर्शन भएको जनाएको छ।

यीमध्ये एक तिहाई देशमा सन् २०२१ मा इन्धनको मुद्दामा कुनै प्रदर्शन भएको छैन। उदाहरणका लागि, २०२१ मा स्पेनमा कुनै प्रदर्शन थिएन, तर यो वर्ष मार्चमा मात्रै स्पेनमा ३३५ प्रदर्शनहरू भएका छन्।

पछिल्लो नौ महिनामा विश्वका हरेक महादेशमा कतै–कतै प्रदर्शन भएका छन्।

यो वर्ष इन्डोनेसियामा पेट्रोलको मूल्यवृद्धिको विरोधमा हालसम्म ४ सय प्रदर्शन भइसकेका छन्। यस वर्षको पहिलो आठ महिनामा इटालीमा २ सयवटा प्रदर्शन भएका छन्। तर, इटालीमा गतवर्ष दुईवटा मात्र प्रदर्शन भएको थियो। यस वर्षको जुन महिनामा मात्रै इक्वेडरमा एक हजारभन्दा बढी प्रदर्शन भएका छन्।

के युक्रेनको कारणले मात्रै पेट्रोलको मूल्य बढेको हो?
होइन, विश्वमा पेट्रोलको मूल्य बढ्नुका मुख्य तीन कारण छन्।

कच्चा तेलः कोभिड संकटको सुरुमा कच्चा तेल सस्तो थियो। किनभने धेरै व्यवसायहरू अस्थायी रूपमा बन्द भएका थिए। त्यो समयमा ऊर्जाको मागमा उल्लेखनीय गिरावट आएको थियो। तर, जनजीवन सामान्य हुन थालेपछि ऊर्जाको माग बढ्दै गएर मूल्य उकालो लाग्न थाल्यो।

अमेरिकी डलरः हाल, अमेरिकी डलरको भाउ ब्रिटिश पाउन्ड, यूरो (युरोपेली देशहरूको मुद्रा), युआन (चीनको मुद्रा) र येन (जापानको मुद्रा)को तुलनामा उच्च रुपमा बढेको छ। 

इन्धन बनाउनको लागि प्रयोग गरिने कच्चा पदार्थको मूल्य भुक्तानी अमेरिकी डलरमा गरिन्छ।

युक्रेन–रुस युद्ध: उक्त युद्धका कारण धेरै देशहरूले रूसी तेल आयातमा प्रतिबन्ध लगाएका छन्। त्यसैले अन्य उत्पादक देशहरूको तेलको मूल्य बढेको छ।

आर्थिक देखि राजनीतिक अस्थिरता सम्म
इन्धनको मूल्यमा अस्थिरता हुने ९१ देशमध्ये श्रीलंका पहिलो पर्छ। श्रीलंकामा आर्थिक मन्दीका कारण हजारौं प्रदर्शनकारीहरु राष्ट्रपति निवासमा प्रवेश गरेका थिए। चर्को विरोधपछि राष्ट्रपति गोतबाया राजपाक्षेले पद त्याग्नुपरेको थियो।

सम्पूर्ण एसियाली महाद्वीपमा सबैभन्दा उच्च मुद्रास्फीतिका कारण श्रीलंकामा इन्धनदेखि औषधि र खाद्यान्नसम्म सबै चीजहरूको मूल्यले आकाश छोएको छ।

मुद्रास्फीतिको अन्त्य कहिले?
विश्वभरका सरकारहरूले आफ्नो देशको आर्थिक संकटको समाधान खोज्ने प्रयास गरिरहेका छन्। यसैबीच जनताहरुले प्रदर्शन पनि गरिरहेका छन्। उक्त आन्दोलनका कारण त्यहाँको सरकारले ठूलो मूल्य चुकाउनु परेको छ।

एक अनुसन्धानले विगत नौ महिनामा मात्रै आन्दोलनका कारण विश्वमा ८० जनाभन्दा बढीले ज्यान गुमाएको देखाएको छ। मृत्यु हुनेमा अर्जेन्टिना, इक्वेडर, गिनी, हाइटी, काजाकिस्तान, पनामा, पेरु, दक्षिण अफ्रिका र सियरालियोन जस्ता देशका मानिस रहेका छन्।

के छ नेपालको अवस्था?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केहि कम भए पनि नेपालमा भने मूल्य घटेको छैन। नेपाल आयल निगमले घाटामा रहेकाले मूल्य समायोजन गर्न नसकेको बताउँदै आएको छ। नेपालमा इन्धन भारतीय आयल निगम (आईओसी)बाट ल्याउने गरिन्छ।

 

आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ। त्यही अनुसार नै नेपालमा मूल्य समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्।

हाल पेट्रोल १८१, डिजेल १७८, मट्टितेल १७८ रुपैयाँ प्रतिलिटर मूल्यमा बिक्री भइरहेको छ। यस्तै, एलपी ग्यास १८ सय रुपैयाँ प्रतिसिलिन्डरमा बिक्री भइरहेको छ। तर, यो मूल्य अनुसार इन्धनको बिक्री गर्दा पेट्रोलमा १४.५६, डिजेल ६.३४ र मट्टितेलमा ३८.५८ रुपैयाँ प्रतिलिटर घाटा भइरहेको निगमको भनाइ छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५.४४ रुपैयाँ घाटा रहेको प्रवक्ता उपाध्याय बताउँछन्।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा सञ्चालन भएको हुँदा हालसम्ममा निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेड, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको छ,’ उपाध्याय भन्छन्, ‘निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य वैकसँग ३ अर्ब ऋण लिइ पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको छ।’

५ वर्षमा एलपी ग्यासको मूल्यवृद्धि:

पछिल्लोपटक  असोज १५ मा इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यसूची बमोजिम पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तरालपछि निगम नाफामा आएको थियो। 

तर असोज ३० गते फेरि नयाँ सूची आएको छ। खासगरी डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको निगमले जनाएको छ। अहिले पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफासमेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको उपाध्याय बताउँछन्।

‘हाल अन्तर्राष्ट्रिय वजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझै पनि चुनौतीपूर्ण अवस्था रहेको छ,’ उनले भने, ‘निगमको यस विषम परिस्थिति एवं बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।’ 

पछिल्लो २० वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातको अवस्था

बीबीसीको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०६:४१
  • #पेट्रोल
  • #इन्धनको मूल्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
सम्बन्धित सामग्री
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई तीव्र बनाउन पशु सेवा विभागले प्रदेश र स्थानीय तहमा परिचालन हुने १२ वटा प्राविधिक टा... बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्