पोखरा– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका २ इभेन्टमा दाजु–भाईले स्वर्ण पदक जितेका छन्।
प्रतियोगिताको अन्तिम दिन बिहीबार बिहान सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र उनका भाई शिवराज पार्कीले स्वर्ण पदक जितेका हुन्।
गोपीचन्द्रले ५ हजार मिटर दौडमा र शिवराजले २ सय मिटरमा स्वर्ण पदक जितेको हुन्। गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए। त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते।
शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते। त्रीभुवन आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
गोपीचन्द्र यसअघि १० हजार मिट दौडमा दोस्रो भएका थिए। शिवराजले यसअघि २ स्वर्ण जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।