पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स २०० मिटर दौडमा सशस्त्र प्रहरी बल एपिएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन्।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।
एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै रजत पदक जिते। त्रीभुवन आर्मी क्लबका युवराज बिकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते।
महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। एपिएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।