• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसको घोषणापत्र: ओली सरकारको भण्डाफोर, ‘आर्थिक समृद्धि’ का नयाँ योजना

64x64
नवीन झा बिहीबार, कात्तिक ३, २०७९  १२:०४
1140x725

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पुर्‍याएको छ। 

घोषणापत्र लेखनका लागि गठित समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय कार्यसम्पादन समितिमा पेस भएको थियो। समितिको शुक्रबारको बैठकले केन्द्रीय सदस्यहरुको सुझाव समेत समेट्दै ड्राफ्ट पारित गरेको थियो। समितिले शनिबार साँझसम्म केन्द्रीय सदस्यहरुलाई घोषणापत्रका लागि सुझाव दिने समय पनि तोकेको थियो। 

यसअघि घोषणापत्र मस्यौदा समितिले अनलाईनसहित अन्य माध्यमहरुबाट पनि सुझाव संकलन गर्ने काम गरेको थियो।

कांग्रेसको घोषणापत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले अबको १/२ दिनमा  घोषणापत्र लेख्ने काम सकिने बताए। ‘हामीले ड्राफ्टहरुलाई अन्तिम रुपमा हेरर घोषणापत्र लेख्ने काम अगाडि बढाएका छौं,’ परियारले भने, ‘१ देखि २ दिन सम्ममा घोषणापत्र लेख्ने काम सकिएपछि हामी सार्वजनिक गर्ने मिति तय गर्छौं।’

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गत भदौ २२ गते घोषणापत्र निर्माण समिति गठन गरेकाे थियाे। महामन्त्री शर्माको नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिअन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको थियो।घोषणापत्रको मस्यौदा लेख्नका लागी अर्थविद् डा स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति छ। यही उपसमितिले ४ मंसिरको निर्वाचनका लागी घोषणापत्र लेख्ने काम गर्दै छ। 

प्रवक्ता परियारले  गत ५ वर्षको सम्पूर्ण समीक्षासहित ०४८ सालदेखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य काम र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको रोडम्याप सहितको घोषणापत्र तयार भइरहेको बताए। ‘निरन्तरतामा नवीनता’ दिने संकल्पअनुसार घोषणापत्र तयार हुने लागेको परियारको भनाइ छ। 

‘मूलत: घोषणापत्रमा हामीले ०७४ को निर्वाचनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले संसदीय शासन प्रणालीकै विरुद्धमा गरेका गतिविधि र सरकारले गरेका कामहरुका बारेमा पनि उल्लेख गर्न लागेका छौं,’ परियारले भने, ‘ओली सरकारले के गर्‍यो भन्ने कुरा जनतालाई बताउँदै काग्रेसले के गर्छ भन्ने जानकारी एक साथ दिन चाहेका छौं।’

घोषणापत्र मस्यौदा समितिका सदस्य प्रताप पौडेलले कांग्रेसको घोषणापत्र ३ खण्डमा तयार हुन लागेको जानकारी दिए। पौडेलले पहिलो खण्डमा समसामयिक राजनीति, अजेन्डा र दृष्टिकोण, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्नेगरी फराकिलो आर्थिक सामर्थ्यको विषय र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताका विषय रहेने पौडेलले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

पौडेलका अनुसार घोषणापत्रको पहिलो खण्डमा समसमायिक राजनीति, दोस्रो खण्डमा कांग्रेसको आगामी ५ वर्षको कार्ययोजना र तेस्रो खण्डमा कांग्रेसले दूरगामी रुपमा लिएको आर्थिक सामाजिक नीतिका बारेमा उल्लेख हुनेछ।

पहिलो खण्डमा संविधान र सुशासनबारे कांग्रेस नेतृत्वको दृष्टिकोणसहित वर्तमान सरकार आइसकेपछि कोरोना नियन्त्रण र संसद् पुन:स्थापनापछि संसद् र सकारकामार्फत् भएका नागरिकता विधेयकलगायत महत्वपूर्ण विषयहरु समेटिने छ। दोस्रो खण्डमा नेपालको अगामी ५ वर्षको मार्गचित्रसहित ५ वर्षको रणनीति र सन् २०३० सम्म अन्तर्राष्ट्रिय रूपमा नेपाल आबद्ध भएकाे दिगो विकासकाे लक्ष्यका विषयले निरन्तरता पाउने गरी सैद्धान्तिक आधार प्रस्तुत हुनेछ ।

दोस्रो खण्डलाई ‘फराकिलो आर्थिक सामर्थ्य’ शीर्षक राखेर उल्लेख गरिनेछ । क्षेत्रगत प्राथमिकता तोकिने तेस्रो खण्डमा१० विषयमा वित्तीय व्यवस्थाको आकलनसहितका विकास योजना रहने छन्। 

क्षेत्रगत प्राथमिकताका लागी घोषणापत्र निर्माण समितिले ७ वटै प्रदेशका कांग्रेसका समितिहरुसँग छलफल गरेको छ। यस्तै, सम्बन्धित क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेर सुझाव लिएकाे छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घोषणापत्रमा सुशासनलाई प्राथमिकतामा राखिएको पौडेलले बताए। ‘आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर युवा, रोजगारी र उद्यमशीलताका आर्थिक एजेन्डाहरु समेटेका छौँ,’ पौडेलले भने। 

शिक्षा तथा स्वास्थ्यका सन्दर्भमा कांग्रेसको योजना, ‘कोखदेखि शोकसम्म’ भन्ने एकीकृत सामाजिक सुरक्षा कार्यक्रम, कोरोनापछिको विकास र जलवायु परिवर्तन तथा तत्कालीन आर्थिक अजेन्डासहितको नयाँ सम्भावनाको क्षेत्रहरुका बारेमा पनि घोषणापत्रमा उल्लेख गर्न लागीएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:०४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्