काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्। खड्केको प्रतिस्पर्धा अर्का नेता शशी थरुरसँग भएको थियो।
मुलुकभरिबाट करिब ९ हजार ५०० प्रतिनिधिहरूले अध्यक्षका लागि १७ अक्टोबरमा मतदान गरेका थिए। मतगणनाको अन्तिम नतिजा बुधबार आएको हो। अध्यक्ष निर्वाचित खड्केले करिब ८ हजार मत पाएका छन्।
राष्ट्रिय कांग्रेस स्थापना भएको १३७ वर्षे इतिहासमा अधिकांश समय गान्धी परिवारबाट यो पार्टीको नेतृत्व भएको थियो।
थरुरले दिए शुभकामना
अध्यक्षमा पराजित भएपछि अध्यक्षका प्रत्याक्षी थरुरले खड्केलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन्।
‘कांग्रेस अध्यक्ष बन्नु बडो सम्मानको र जिम्मेवारीपूर्ण काम हो। यसमा मल्लिकार्जुन खड्के सफल हुनु भएकोमा शुभकामना। १ हजारभन्दा बढी प्रतिनिधिले समर्थन गर्नु मेरा लागि महत्त्वपूर्ण हो,’ थरुरले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।