काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिताका क्रममा प्याराग्लाइडिङका खेलाडी निसिम थापाको दुःखद निधन भएको घटनाको छानबिन गर्ने बताएका छन्।
नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा नेपालगञ्जको राँझा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री गहतराजले खेलाडी थापाको दुर्घटनाले सम्पूर्ण खेजगतलाई नै दुःखी बनाएको बताए।
पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय थापाको आइतबार निधन भएको थियो।
प्याराग्लाइडिङबाट खसेर घाइते थापालाई उपचारका लागि लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।