पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा आइतबार नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठले गोल गरे। तर आर्मीका कुनै पनि खेलाडीले सेलिब्रेसन गरेनन्। जसको कारण थियो- प्याराग्लाइडिङ उडाउने क्रममा खसेर आर्मीका खेलाडी निसिम थापाको मृत्यु।
गोल गरेप्रश्चात उनीहरु प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शीर झुकाएर मौन बसे। आजै बिहान त्रिभुवन आर्मीका प्याराग्लाइडिङ खेलाडीको निधन भएकोमा आफ्नो बेन्चमा पुगेर उनले गोल दिवंगत आत्मालाई समर्पण गरे।
सो खेलमा आर्मीले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको छ। यससँगै आर्मी पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४-० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।