पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
उनले बुधबार ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।
यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्।
सोही इभेन्टमा त्रिभुवन आर्मी क्लबकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्। एपीएफकी सीमाकुमारी थारु ४५.२० सकेन्डमा पूरा गर्दै कांस्य पदक जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।