काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पूँजीकर्जा मार्गदर्शन बुधबारदेखि लागू गर्ने भएको छ।
राष्ट्र बैंकले मंगलबारदेखि चालु पूँजीकर्जा मार्गदर्शन २०७९ लागू गर्ने तयारी परेको थियो। तर, मंगलबार सार्वजनिक बिदा परेका कारण मार्गदर्शन बुधबारदेखि लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदाउपर सम्बन्धित पक्षसँग छलफल गरेर गत भदौ ७ गते अन्तिम रुप दिएको थियो। सोही दिन केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कात्तिक १ गतेदेखि चालु पूँजीकर्जा मार्गदर्शन अनुसार गर्नुपर्ने व्यवस्था गरेको थियो।
चालु पूँजीकर्जा निर्धारण संस्थापिच्छे फरक–फरक हुँदा विविधिता मात्र नभई ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको भन्दै केन्द्रीय बैंकले मार्गदर्शन बनाएको हो।
चालु पूँजी कर्जा निरीक्षण तथा सुपरीवेक्षणको क्रममा कर्जाको सदुपयोगिता यकिन गर्न समेत कठिन हुने गरेको भन्दै चालु पूँजीकर्जाको सीमा निर्धारण तथा अनुगमन, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोगलाई पारदर्शी बनाउन मार्गदर्शन नै बनाएको हो।
व्यवसायीले भने राष्ट्र बैंकको निर्णयप्रति बिरोध गर्दै आइरहेका छन्।
यस्तो छ चालु पूँजीकर्जा मार्गदर्शनमा गरिएको व्यवस्था :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।