तस्बिर : एएनआई।
काठमाडौं– भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा चालकसहित सात जनाको मृत्यु भएको छ।
छ यात्रु बोकेर गुप्तकाशी उडेको हेलिकोप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा चार जना महिला छन्। मृतकहरू गुजरात र तमिलनाडुका रहेको बताइएको छ।
मृत्यु हुनेमा चालकसहित २५ वर्षीय उर्वी बरार, ३० वर्षीय कुर्ती बरार, २६ वर्षीय पूर्वा रामानुज, ६३ वर्षीय प्रेम कुमार वी, ५६ वर्षीय सुजाता र ६० वर्षीय कला रहेकी छन्।
खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। हेलिकोप्टर उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो।
भारतीय समय अनुसार बिहान ११ बजेर ३४ मिनेटमा केदारनाथबाट गुप्तकाशीका लागि उडेको हेलिकोप्टर ११ बजेर ३६ मिनेटमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।