पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका सलिम देवानले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पोखरा रंगशालामा मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन्।
सलिमले कृष्णबहादुर गिरीले १९९९ मा पाकिस्तानको इस्लामावादमा बनाएको कीर्तिमान तोडेका हुन्। गिरीले ७ मिटर जम्प गर्दै कीर्तिमान बनाएका थिए।
आर्मीका डिल्ली खत्रीले रजत र गण्डकी प्रदेशका नारायण चौधरीले कास्य पदक जिते। खत्रीले ६.९८ मिटर र चौधरीले ६.८२ मिटर जम्प गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।