काठमाडौं- निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ- ६ का उम्मेदवार शिशिर खनालले आफू स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ।
उक्त घन्टी निर्वाचन चिह्न राष्ट्रिय स्वतत्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।