पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन्।
पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ।
यस्तै, गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल भएको छ। बाग्मती प्रदेशले मधेश प्रदेशलाई १२–५ अंकले पराजित गर्दा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई १२–७ अंकले पराजित गर्न सफल भएको छ।
सोमबार नै महिलातर्फ विभागीय टिम नेपाल आर्मीले कर्णाली प्रदेशलाई १७–५ अंकले पराजित गरेको छ। सुदूरपश्चिम प्रदेश र नेपाल पुलिसको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।
यस्तै, प्रदेश १ ले बाग्मती प्रदेशलाई १०–५ अंकले हराएको छ भने नेपाल पुलिसले गण्डकी प्रदेशलाई २२–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ। सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १७–० ले पराजित गर्दा एपिएफले प्रदेश १ लाई १०–० अंकले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।