पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ। सोमबार बेलुकासम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदक सहित कुल ९९ पदक हात पारिसकेको छ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक सहित ४९ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कास्य पदक सहित कुल ५९ पदक जितेका छन्।
बागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्य सहित कुल ४५ पदक र गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदक सहित ३० पदक जितेका छन्।
एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य जितेका छन्।
लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदुर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्य सहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदक सहित ३ पदक हात पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।