पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। पोखरा सभागृहमा भएको खेलमा आर्मी समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो।
शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको छ। यस्तै, आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपिएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेका छन्।
आर्मीले ५ स्वर्णसहित एक रजत र एक कास्य पदक पनि जितेको थियो। प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र ३ कास्य पदक जितेका छन्। एपिएफले स्वर्णसहित ३ रजत र २ कास्य पदक जितेको छ।
प्रतियोगितामा मधेश प्रदेशले २ रजत, बागमतीले २ रजत एक कास्य, लुम्बिनी प्रदेशले २ रजत र २ कास्य जितेका छन्। कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।