काठमाडौं- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिएको छ।
आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरी खर्चको सीमा निर्धारण गरेको हो। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ।
आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १,३, ६, ७ र ८ नम्बरका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने छन्।
कहाँ कति खर्च गर्न पाइन्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।