पोखरा– म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोागितामा एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पहिलो क्वार्टरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो।
खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेशमाथि जित निकाल्यो।
प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी भइन्। सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ।
कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी टिमको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।