फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा रामशरण महतले कांग्रेसको नेतृत्वमा आगामी मंसिर ४ गते हुने निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न हुने बताएका छन्।
सोमबार नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकारले देशलाई सही मार्गमा ल्याएको पनि दाबी गरेका छन्।
कोभिड महामारी नियन्त्रणदेखि स्थानीय तहको निर्वाचनको चुनाव स्वतन्त्र, भयरहित र स्वच्छताका साथ सम्पन्न गरेको कांग्रेसको दाबी छ।
प्रवक्ता महतले जसपाका विषयमा नेपाली कांग्रेस उदार हुँदा हुँदै गठबन्धनबाट छोडेको आरोप लगाए।
महतले संविधानको रक्षा, स्थायित्व र समृद्धि नै गठबन्धन दलहरुको अजेण्डा रहेको बताए। उनले व्यक्तिगत आकांक्षालाई पन्क्षाएर परिणाम केन्द्रित भएर कांग्रेस अघि बढेको दाबी गरे।
उनले भने, ‘कति ज्यादा सिटमा उम्मेदवारी दिने भन्दा पनि कति ज्यादा सिटमा निर्वाचन जित्ने? त्यो लक्ष्य हामीले राखेका छौं। हामीले यथेष्ठ संख्यामा हाम्रो पार्टीको तर्फबाट उम्मेदवारहरुले विजय प्राप्त गर्छन् भन्ने कुरामा दुई मत छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।